लेटाङ्ग घटनामा काँग्रेस र एमालेको छुट्टा छुट्टै विज्ञप्ती, प्रशासनले भन्यो कर्फ्यु जारी छ


इटहरी.  फागुपुर्णिमाको दिन आफ्नै विद्यालयमा पढ्ने बालिकालाई घरमै गएर जबरजस्ती गर्न खोजेको आरोपमा लेटाङ नगरपालिका वडा नम्बर ५ अवस्थित श्री शिक्षा विकास माध्यमिक विद्यालयका एकजना शिक्षकको विरोधमा सिर्जना भएको तनावले एक जना महिला प्रहरीको ज्यान लिएपछि राजनितिक पार्टीले ध्यानाकर्षण भएको जनाएका छन् ।

नेकपा एमाले लेटाङ्ग नगरकमिटिले सोमबार एक विज्ञप्ती जारी गर्दै एकजना नाबालक छात्राको घरमै गएर बलात्कारको प्रयास गरेको भनिएको घटनामा आरोपित निज शिक्षकलाई सुरक्षाकर्मीले पक्राउ गरेर यसबारे अध्ययन अनुसन्धान गर्न कार्यालयतर्फ लैजाँदै गरेको अवस्थामा आक्रमण हुँदा एकजना महिला सुरक्षाकर्मीको मृत्यु भएको घटनाले नेकपा (एमाले)लेटाङ नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आरोपितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको अवस्थामा प्रहरीमाथिनै सांघातिक आक्रमण हुनु घुसपैठ भएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।


‘प्रहरीले दोषी भनिएका व्यक्तिलाई प्रहरीले विद्यालयबाटै पक्राउ गरिसकेको अवस्थामा अचानक प्रहरीमाथि भएको यसप्रकारको घटनाको हामी एकस्वरमा घोर निन्दा एवम् भत्सर्ना व्यक्त गर्दछौं ।’ एमालेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।मर्यादित ढंगले खटिएको राष्ट्रसेवक प्रहरीमाथि भएको यसप्रकारको अत्यन्तै आततायी घटनामा संलग्न जो कोही भएपनि तत्काल गहिरो अनुसन्धान गरि कानुनतः कारबाहीको दायरामा ल्याउन एमालेले माग गरेको छ ।

संयमता, संवेदनशीलता र नियन्त्रणबाहिरको भीड लोकतन्त्र नभएको बताउँदै विज्ञप्तीमा प्रतिशोध, मुठभेड, उपद्रव र अराजक गतिविधि लोकतन्त्रको फगत उपहास मात्र भएको टिप्पणी गरिएको छ ।आफ्नै छात्रामाथि बलात्कारको प्रयास गर्ने शिक्षकलाई अविलम्ब सत्यतथ्य छानबिन गर्न र कानुनतः कडाभन्दा कडा सजाय दिलाउनका लागि प्रशासनसमक्ष एमालेले माग गरेको छ ।


लेटाङबासीले कहिल्यै सोच्दै नसोचेको यो दोहोरो मारको घटनाप्रति सबैले स्थानीय आमनागरिकमा विषयगत सुझबुझपूर्ण विवेक राख्दै अत्यन्तै आकर्षक धैर्यता र संयमता अपनाउन नेकपा (एमाले) लेटाङ नगर कमिटीले अपिल गरेको छ ।यसैगरी नेपाली काँग्रेस लेटाङ्ग नगरकमिटिले पनि मंगलबार एक विज्ञप्ती जारी गर्दै पिडित बालिकाले दिएको उजुरी पश्चात विद्यालय प्रशासनले प्रहरी बोलाई दोषि शिक्षकलाई कानुनी कारबाहीको लागि प्रहरी ल्याउने क्रममा भएको झडपले हिंस्रक रुप लिँदा सुरक्षाकर्मीको मृत्यु भएको भन्दै दुःख व्यक्त गरेको छ ।

कांग्रेसले आफ्नै छात्रामार्थी दुव्र्यवहार गर्ने शिक्षकलाई कडा कारबाहीको माग गरेको छ । कांग्रेसले विकसित परिस्थितीमा विद्यार्थी, स्थानियवासी र सम्पुर्ण नगरबासिमा संयमता अपनाई ढुगाँ मुढा र हत्या सम्मगर्ने घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनको सहयोग गर्न आम नगरबासिमा कांग्रेसले अनुरोध गरेको छ । विज्ञप्तीमा कांग्रेस लेटाङ्ग नगरकमिटिका सभापति दीपकचन्द्र राईले हस्ताक्षर गरेको छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङ्गले जारी गरेको कर्फ्यु आदेशमा हेरफेर गरेको छ । प्रशासनले भोली चैत्र ९ गते बुधबारबाट लागु हुनेगरी विहान ६ बजेदेखि १० बजेसम्मको कर्फ्यु  फुकुवा गरेको छ भने विहान १० बजेदेखि दिउँसो ४बजे सम्म कर्फ्यु  जारी हुने र बेलुका ४ देखि ६ सम्म फुकुवा गर्ने र पुन साँझको ६ बजेदेखि विहानको ६ बजेसम्म अर्को पुन कर्फ्यु आदेश पुन लागु गर्ने बताएको छ ।

प्रशासनले अर्को आदेश नआउँन्जेल सम्म कर्फ्यु जारी रहने बताएको छ । आदेशको बर्खिलाप भएमा कानुन बमोजिक कडा कारवाहि गर्ने प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालद्धारा जारी आदेशमा जनाइएको छ । मोरङ्ग प्रशासनले दक्षिणमा लेटाङ्ग नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ्ग नगरपालिकाको वडा नम्बर ५ को सम्पुर्ण क्षेत्र उत्तरमा लेटाङ्ग नपाको वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पुर्वमा मोरङ्गे खोला र पश्चिममा चिसाङ्ग खोला क्षेत्रमा कर्फ्यु  रहने बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment