इलामको जोरकलबाट १९ लाखको हार्ड छुर्पीसहित गाडी बरामद


इलाम । इलामको रोङ गाउँपालिका ४ जोरकलसस्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १-०-००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २ हजार किलोग्राम (४० बोरा) हार्ड छुर्पी बरामद गरेको हो 

अवैध छुर्पी बरामद भएसँगै उक्त छुर्पी, गाडी र चालक इलाम सूर्योदय नगरपालिका २ का निमा तामाङलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment