साँखेजुङ गोल्डकपः पशुपतिनगर र रानीटार सेमिफाइनलमा प्रवेश, आज रेर्ड हर्स इलाम र काजिमान एफ सी भिड्दै


इलाम, ९ चैत्रः इलाम नगरपालिका १ साँखेजुङमा चैत्र ७ गतेबाट शुरु भएको साँखेजुङ गोल्डकपमा रत्न गिरी टुर एन्ड ट्रावल्स पशुपतिनगर र स्वतन्त्र युवा क्लब रानिटार पाँचथर सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपालटार मावीको  खेलमैदानमा भएको पहिलो खेलमा रत्न गिरी टुर एन्ड ट्रावल्स पशुपति नगरले साँखेजुङ फुटबल क्लब (आयोजक)लाई ५–२ ले हराउँदौ सेमिफाइनको यात्रा तय गरेको हो । मंगलबार नै भएको दोस्रो खेलमा स्वतन्त्र युवा क्लब रानिटारले झापाको सताशिधाम युवा क्लबलाई २–१ ले पराजित गरेको हो ।
वडा खेलकुद विकास समितिको आयोजनामा हुनलागेको गोल्डकपलाई वडा कार्यालयले २ लाख ५० हजार सहयोगमा सञ्चालित प्रतियोगितामा  विजेताले १ लाख २२ हजार २२२ रुपयाँ, मेडल तथा ट्रफि पाउने छ भने उपविजेताले ७० हजार २२२ रुपिया मेडल तथा ट्रफि पाउँने छ । प्रत्येक खेलमा मेन अफ दि म्याज पुरस्कार र गोल्डकपको उपाधि सँगै  खेलाडीले व्याक्तिगत प्रदर्शनको आधारमा वेस्ट स्कोर र  वेस्ट प्लेयर अफ दि टुर्नामेन्टको पुुरस्कार तथा ट्रफि पाउने आयोजक समितिका उपाध्यक्ष कुबेर लुईटेलले वताए ।
गोल्डकपमा आज काजिमान फुटबल क्लव र रेड हर्स इलाम विच दिनको १ बजे खेल हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment