बस र विपरीत दिशाबाट सुमो एक आपसमा ठोक्किदा ३ जनाको निधन, १० जना घाइते


काठमाडौं २९ फाल्गुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठोक्किदा ३ जनाको निधन र १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १ जना महिला र २ जना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार गरेर उपचारका लागि चितवनस्थित मेडिकल लैजाने क्रममा ३ जनाको निधन भएको प्रहरीले जनाएको छ ।
घाइते भएका १० जनाको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता