“घर घर जाउँ, काँग्रेस जिताऔं”अभियान सफल पार्न काँग्रेस इलाममा अभियान शुरु हुँदै


इलाम २९ फाल्गुन। “घर घर जाउँ, काँग्रेस जिताऔं”अभियान सफल बनाउन नेपाली काँग्रेस इलामले प्रतिनिधि खटाएर अभियानको सूरुवात गरेको छ । नेपाली काँग्रेस इलामले केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य सरिता प्रसाईको उपस्थितिमा बसेको बैठकले निर्वाचन लक्षित “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सफल पार्न जिल्लाका प्रत्येक वडामा आफ्ना सदस्य खटाउने निर्णय गरेको गरेको थियो ।
फाल्गुन २९ गतेबाट सुरु भएर चैत २९ गते सम्पन्न गर्ने अभियानको तयारी स्वरुप आइतबार इलाम बजारमा अभियानको थालनी गरिनेछ । अभियान सफल बनाउनका लागि इलामको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको आयोजनामा अभिमुखिकरण कार्यक्रम गर्ने ,चारवटा प्रदेश सभामा चार कार्यक्रम गर्ने ,१० वटा पालिकाको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्ने ,वडा ,टोलकार्य समिति हुदै घर घर सम्म पुगेर एक महिने कार्यक्रमको सदरमुकाममा बृहत् भेलाबाट समापन गरिने जिल्ला सभापति डम्बर खड्काले बताए ।
काँग्रेसले जिल्ला भित्रका ४ नगरपालिका, ६ गाउँपालिकाको ८१ वटा वडामा प्रतिनिधिको रुपमा जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु खटाउने भएको छ । विधिगत रुपमा अभियानको आइतबार एक बजे उद्घाटन हुनेछ ।
साथै फाल्गुन २९ गते देशै भरी एकै पटक सुरु हुन लागेको नेपाली कांग्रेसको “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान इलामको उद्घाटनको लागी नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरिता प्रसाई इलाम आईसकेकी छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment