मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ


काठमाडौं २९ फाल्गुन। १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बालिकाको बलात्कारपछि हत्यामा गरको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
मोरङको बेलबारी–८ की बालिकालाई ललाई फकाई घरमा कोही नभएको मौका छोपेर झाडीमा लगि बलात्करपछि हत्या गरेको प्रहरीले जनाएको छ । अहिले उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment