संखुवासभा बस दुर्घटना हुदा चालक सहित १४ जनाको मृत्यु, ५ घाईते (मृतक र घाईतेकाे नाम ठेगाना सिहित)


संखुवासभा, फाल्गुन २६ ः संखुवासभाको मादी नगरपालिका-६ सातघुम्ती स्थित भित्री सडक खण्डमा बस दुर्घटना हुदा चालक सहित १४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने ५ घाईते भएका छन । आज बिहान पौने ८ बजे मादीबाट झापा तर्फ आउदै गरेको बा.४ख ७३५ नम्वरको यात्रु वाहक बस सडकबाट अन्दाजी ३०० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका ५ जनालाई प्रहरीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाईएको छ भने मृत्यु भएकाहरुको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरको शव गृहमा राखिएको छ ।
घटना स्थलमा तत्कालै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी सहितको टोली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक सहितको टोली खटि मृतक तथा घाईतेहरुको उद्धार गरिएको हो ।
घाईतेः
१. संखुवासभा मादी नगरपालिका-६ का ५० बर्षीय डम्बर बहादुर कार्की सामान्य ।
२. मादी नगरपालिका -४ उम्लिङकि २४ बर्षीया करिश्मा तामाङ सामान्य ।
३. मादी नगरपालिका-६ का २२ बर्षीया तुलसा कटुवाल सामान्य ।
४. मादी नगरपालिका -४ का २४ बर्षीय सुवास तामाङ सामान्य ।
५. मादी नगरपालिका-५ कि २७ बर्षीया युका पोखरेल गम्भिर ।
मृतकः
१. संखुवासभा मादी नगरपालिका -६ कि ३० बर्षीया सिता बि.क. ।
२. मादी नगरपालिका -६ कि ३२ बर्षीया अञ्जना कटुवाल ।
३. मादी नगरपालिका-५ का ४९ बर्षीय भवानी प्र. दाहाल ।
४. मादी नगरपालिका-२ का ४२ बर्षीय ईन्द्र अधिकारी ।
५. मादी नगरपालिका-६ कि ५ बर्षीया दिक्षा कटवाल ।
६. मादी नगरपालिका-४ का ६० बर्षीय बल बहादुर कार्की ।
७. मादी नगरपालिका-४ कि २८ बर्षीया सबिता कार्की ।
८. मादी नगरपालिका-५ का ४८ बर्षीय दिपक कुमार दाहाल
९. मादी नगरपालिका-५ का ५५ बर्षीय श्याम शेर्पा ।
१०. मादी नगरपालिका-४ का आईत बहादुर तामाङ ।
११. मादी नगरपालिका-५ का उमेश भट्टराई ( सहचालक)
१२. तेह्रथुम फाक्चामाराका ३१ बर्षीय विपिन निरौला (चालक)
१३. ताप्लेजुङका ३१ बर्षीया समिक्षा योञ्जन ।
१४. ताप्लेजुङका ८ बर्षीय सुदिप घिसिङ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment