नेपाल विद्यार्थी संघ इलामको अध्यक्षमा प्रविन र अनिलको चर्चा


इलाम, २ चैत्रः नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिमा तदर्थ समिति बनाउने चर्च चुलिए सँगै इलाममा पनि नेपाल विद्यार्थी संघको जिल्ला तदर्थ समितिको अध्यक्षमाको आउने भन्ने चर्चा शुरु भएको छ । इलाम जिल्ला सभापति डिकेन्द्र इदिङ्गोले माङ्सेवुङ गाउँपालिकाको अध्यक्षमा विजय हासिल गरेसँगै इलाम जिल्ला अध्यक्षको कार्यभार प्रकाश भट्टराईले पाएका थिए । अहिले प्रकास भट्टराई पनि पाटी राजनीतिमा प्रवेश गरे पछि इलाममा पनि नयाँ तदर्थ समिति बन्ने भएको हो । केन्द्रले चाँडै तदर्थ समिति काँग्रेस जिल्ला सभापति सँग समन्वय गरेर निर्माण गर्नको लागि पत्रचार गरिसकेको कार्यर्वाक अध्यक्ष प्रकाश भट्टराई वताउँछन् । 
अहिले केन्द्रमा लगायत जिल्लामा ने.वि. संघको राजनीति गर्न ३२ वर्षको वाउण्ड्री लागे सँगै इलाममा पनि जिल्ला अध्यक्षको दवीमा दुई जना मात्र देखिएका छन् । अन्य चर्चामा रहेका उम्मेद्वार टीका राम पुरी, प्रज्वल भट्टराई पनि पार्टी राजनीतिमा प्रवेश गरे सँगै अहिले जिल्ला अध्यक्षको चर्चामा प्रविण कट्टेल र अनिल नेपाल रहेका छन् ।
को हुन प्रविण कट्टेल
इलाम देउमाइ नगरपालिका  ९ जितपुरमा २०५४ मा जन्मेका प्रबिन २०६९ मा जितपुर माध्यकि विद्यालयको  इकाइ सभापति हुँदै ०७२÷०७३ मा आदर्श उच्च माध्यमिक विद्यालयको इकाइ सभापति भएर काम गरि सकेका छन् ।  अहिले महेन्द्र रत्न वहुमुखि क्याम्पसको इकाइ उपाध्यक्ष समेत हुन  हुन। उनी ट्रेड युनियन काँग्रेस इलामको जिल्ला सह सचिब र सुशील कोइराला सोसोलिस्ट युथ सर्कलको जिल्ला अध्यक्ष समेत रहेका छन । उनी देउमाई नगरपालिका ९ जितपुरबाट नेपाली कांग्रेसको १४ औँ अधिवेशनको क्षेत्रिय प्रतिनिधि पनि हुन  ।
अनिल नेपालको राजनीतिक परिवेश
अनिल नेपाल देउमाई नगरपालिका मंगलबारेमा २०५३ मा जन्मेका उनी २०६८ सालमा भानु भक्त माध्यमिक विद्यालयको इकाई सभापति हुँदै उनी मंग्लवारे क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदको घोषित उम्मेदवार समेत हुन । नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको निर्बाचित पुर्ब सदस्य समेत रहेका उनी  अहिले युथ कांग्रेस नेपाल इलामको जिल्ला अध्यक्ष र मंगल्बारे उद्योग बाणिज्य संघ को निर्बाचित सचिब समेत रहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment