नेपाल रेडक्रस शाखा इलामलाई सनराईज वैंकद्वार आर्थिक सहयोग


इलाम, २६ फाल्गुनः सनराईज वैंक लिमिटेडले इलाममा रहेको नेपाल रेर्डक्रस सोसाईटी इलाम जिल्ला शाखालाई दुई लाख सहयोग गरेको छ । सनराईज वैंक लिमिटेडका नायव महाप्रवन्धक रविन कुमार नेपालले बिहीबार एक कार्यक्रम विच नेपाल रेर्डक्रस सोसाईटी इलाम जिल्ला शाखाका सभापति शिव प्रसाद गौतमलाई दुई लाखको चेक हस्तान्तण गरेका हुन । 

कार्यक्रममा नेपालले सनराईज वैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत अहिले सनराईज वैंकको केन्द्र कार्यालयले इलामको रेडक्रसलाई सहयोग गरेको वताए । आफ्नै गृह जिल्लको विशुद्धसेवामुखी संस्था रेडक्रसलाई सहयोग गर्न पाउँदा खुसी व्याक्त गरे । 

कार्यक्रममा शाखाका सभापति गौतमले इलाममा गरिने प्रत्यक मानव सहयोगमा सनराईज वैंकको हिस्सा हुनुमा खुसी व्याक्त गदै वैंकलाई धन्यवाद दिए । 

रकम हस्तान्रण कार्याक्रमा सनराईज वैंकका एक नम्वर प्रदेश प्रमुख विवेक निरौला, इलाम शाखाका शाखा प्रमुख ज्ञान श्याम गुरुङ, र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी इलामका उपसभापति रतन चैधरीले स्वागत गरेको कार्यक्रम रोम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए शाखाका अन्य पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment