लेटाङ नगरपालिकामा आज बिहान ७ बजेदेखि कर्फ्यु


मोरङ  ७ चैत्र। जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाको केही क्षेत्रमा बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
हिजो भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
उनले लेटाङ नगरपालिकाको वडा नं ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरङ्गी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको जानकारी दिए।
हिजो लेटाङ नगरपालिका वडा नं ५ खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको थियो भने करिब तीन दर्जन प्रहरी र विद्यार्थीहरु घाइते भएका थिए।
यौन दूर्व्यवहार गर्ने शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा केही सेल अश्रु ग्याँस र हवाई फायर समेत गरिएको थियो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment