किन तारो बन्छन सुरक्षाकर्मीहरु

  • जीवन शर्मा

पछिल्लो समय नेपालमा सुरक्षाकर्मीहरु तारो बनाउदै प्रतिशोध लिने क्रम बढ्दो छ । विभिन्न राजनैतिक पार्टीका कार्यक्रममा होस यात सामाजिक कार्यक्रम नै होस । नेपाल प्रहरीलाई आखाको तारो बनाइन्छ र मौका मिल्ने बितिक्कै प्रतिशोध लिइन्छ । पछिल्लो समयको मोरङ्ग लेटाङको घटनाले झन सन्देह उत्पन्न गराएको छ । 
कहिले ढुङ्गा प्रहारमा पर्छन सुरक्षाकर्मीहरु कहिले कुटपिट मै पर्छन । यो पटक चाहिँ छुरी प्रहार नै भयो । नेपाल प्रहरीको काम शान्ति सुरक्षा कायम गर्नु हो । आज सम्म शान्ति सुरक्षामा नेपाल प्रहरी चुकेको देखिदैन । तर पनि उहीँ प्रहरी अमानवीय व्यवहारको शिकारमा परि ज्यान गुमाउन पुग्छ । यसले हाम्रो समाज कतातिर मोडिदैछ प्रष्ट पार्दै लगेको छ ।
मोरङ लेटाङ कै २६ वर्षकि उर्मिला श्रेष्ठले अनाहकमा ज्यान गुमाउनु परेको छ । उनी शान्ती सुरक्षामा सकृयताका साथ खटिरहेकी थिइन ।आफ्नो अभिष्ट पूरा गर्न नपाएको उत्तेजित भिडले अन्ततः प्रहरीको घाटीमा छुरा प्रहार गरि हत्या गरियो ।
अस्ति शुक्रबार होलीको दिन होली मनाउने क्रममा शिक्षा बिकास माध्यमिक विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीलाई रङ्ग दलिदिने क्रममा संबेदनसिल अङ्गमा छोइदिएको अर्थात यौन दुराचार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएकी प्रहरी जवान श्रेष्ठलाई उत्तेजित भिड्ले शिक्षकलाई कुटपिट गर्न नपाएपछी छुरी प्रहार गरेको बताइएको छ । छुरी प्रहारबाट रक्ताम्य भएकी श्रेष्ठलाई कोशी अञ्चल अस्पताल लगिएतापनी उनको मृत्यु भैसकेको बताइएको छ । 
पछिल्लो समयमा यौन दुराचारका घटनाहरू बढ्दो देखिन्छ । त्यहा पनि भएको त्तही हो । स्वतन्त्र छानबिन गरि दोषीलाई कारवाई गर्ने काम नेपाल प्रहरीको हो । तर घटनाको वास्तविकता भन्दा बाहिर गएर प्रहरी श्रेष्ठको हत्या गरिएको छ । यसरी सुरक्षा गर्ने सुरक्षाकर्मी कै हत्या हुन थालेपछी अर्थात सुरक्षाकर्मी नै असुरक्षित हुन थाले पछि समाजमा कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ गम्भीर प्रश्न जन्मिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment