चिनियाँ जहाज दुर्घटना : चालक दलसहित १३२ जनाकाे अवस्था अज्ञात, विमान टुक्राटुक्रा


काठमाडौं ७ चैत्र। सोमबार चीनको गुआङ्सी प्रान्तको पहाडी जंगलमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटना हुँदा १३२ जनाको अवस्था अज्ञात रहेको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार रहेका छन् ।
बोइङ ७३७ गुआङ्सीको वुझाउ नजिकै खसेका विमानको हाल उद्धार कार्य चलिरहेको बताइएको छ । उद्धार कार्यका लागि तत्काल ५८८ वटा अग्निनियन्त्रक पठाइएको छ।
त्यहाँका एक स्थानीय गाउँलेले अनलाइन पोर्टल जिमु न्यूजलाई भनेअनुसार अग्निनियन्त्रकहरूले आगो निभाउनु अघि जहाज टुक्राटुक्रा भएको र रुख र बाँसहरू जलेर खरानी भएको छ । उद्धार कार्य जारी रहेकाले घटनाबारे यकिन जानकारी बाहिर आएको छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment