टेलिकमको लापरबाहीले मेची राजमार्गमा धुलाम्य, दुर्घटनाकाे जाेखिम वढ्दै


इलाम, ६ चैतः नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काममा लापरबाही हुँदा मेची राजमार्ग धुलाम्य भएको छ । ३ वर्ष अघिबाट मेची राजमार्गमा फाइबर बिच्छ्याउने काम सुरू भएको थियो ।
राष्ट्रिय गौरवको आयोजना भनिएपनि निर्माण कम्पनीले राजमार्गमा नाला र मोडहरुमा खाल्टो खनेर छोड्दा सडकमा क्षति पुगेको हो । 
झापाको चारआलिबाट पाँचथरको फिदिमसम्म अहिले फाइबर बिच्छ्याउने काम भइरहेको छ । दक्षिण कोरियाको निर्माण कम्पनीले फाइबर बिच्छ्याउने कामको ठेक्का पाएपनि साइडमा नेपाली व्यवसायीले काम गर्दै आएका छन् । झापाको चारआलीदेखि इलाम बजारसम्मको ७५ किलोमिटर क्षेत्रमा फाइबर बिच्छ्याउन एकैपटक नाला खनेर छोडिएको थियो । जसले गर्दा वर्षातमा सडकमा धेरै क्षति पुगेको थियो । फाइबरको काम लापरबाही पूर्वक हुँदा सडक धस्किने र भत्किएपछि दुर्घटना समेत बढेको रोङ गाउँपालिका अध्यक्ष शमसेर राईले बताउनुभयो ।
 
२ वर्षमा सक्नेगरि अप्टिकल फाइबर बिच्छ्याउने काम कोरियन कम्पनीलाई नेपाल टेलिकमले २०७५ सालमा ठेक्का दिएको थियो । काम गर्ने कम्पनीले राजमार्गको नाला खनेर छोड्दा अधिकांश सडक सडकमा पानी सिपेज क्षति पुगेको छ । अहिले ठाउँठाउँमा नाला खनिएर पुरिएपनि राजमार्गको मोडहरुमा फाइबर क्रसिङ्ग गर्दा खनिएको खाल्टा उस्तै छन् । राजमार्गका मोडहरु खनिएको खाल्टा अहिले साना सवारीसाधनका लागि धराप बनेका छन् । अहिले घुम्ति र मोडहरुमा सडक खनिएर छोडिएकाले तत्काल मर्मत गर्न टेलिकमलाई पत्राचार गरिएको डिभिजन सडक इलामका प्रमुखले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment