ट्याक्टरको ठक्करले ट्राफिक प्रहरीका सईको ज्यान गयाे


चितवन २० फाल्गुन । ट्याक्टरको ठक्करबाट गएराति एक जना ट्राफिक प्रहरीका सईको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं ६ स्थित जयनेपाल चोकमा ना ४ त ८८२९ नम्बरको ट्याक्टरले सइ अर्जुन पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

राति करिब ९ बजेतिर चोक हुँदै बजारतर्फ गइरहेको उक्त ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकलमा सवार सई पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
पौडेल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए । उनको स्थायी ठेगाना भरतपुर महानगरपालिका वडा नं १४ राधापुर रहेको खुलेको छ ।
ठक्कर दिने ट्याक्टर र सोका चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment