युक्रेनको मारिउपोल शहर रुसी सेनाको कब्जामा


काठमाडौं २० फाल्गुन । रुसी सेनाले युक्रेनको समुद्री क्षेत्रमा रहेको शहर मारिउपोललाई आफ्नो कब्जामा लिएको छ । पूर्वी युक्रेनको महत्वपूर्ण शहरमा बिहीबार रुसी सेनाले कब्जा जमाएको हो ।
मारिउपोल शहरका मेयरले दिएको जानकारी अनुसार रुसी सेनाले अहिले सहरको विद्युत्, खाद्यान्न, पानी र यातायात सेवा अवरुद्ध पारेको छ । मारिउपोल शहरका मेयर भादिम बोयचेन्कोले रुसले शहरको चारैतिरबाट धेरा हाल्दै आवश्यक सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको बताएका छन् ।
उनले यसलाई दोस्रो विश्वयुद्धमा नाजिहरुले अपनाएको खराब रणनीतिको संज्ञा दिएका छन् । दोस्रो विश्वयुद्धमा नाजिहरुले रुसको दोस्रो ठूलो शहरमा आवश्यक सामग्रीको आपूर्ति रोकेका थिए । जसको कारण शहरमा बस्ने हजारौं मानिसको मृत्यु भएको थियो ।
बोयचेन्कोका अनुसार रुसी सेनाले शहरको रेल सेवा अवरुद्ध पारेको छ । जसको कारण सहरका महिला तथा बालबालिकाको उद्धार पनि गर्न नसकिएको उनको भनाइ छ । यो युक्रेनको रणनीतिक शहर हो । यहाँको जनसंख्या ४ लाखभन्दा धेरै छ । यसअघि रुसी सेनाले युक्रेनको खेरसन शहरमा कब्जा जमाएको थियो । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खारकिभमा पनि कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment