उर्लदो महङ्गीमा निरास जनता


१ ब्यारल अर्थात १५९ लिटर कच्चा तेलको मुल्य अन्तर्राष्ट्रिय बजारमा ११९ डलर पुग्यो भनेर सरकारले फेरि तेलको मूल्य वृद्धि गरेको छ । तर यता जनताको आयस्तर झन घट्दो छ । महङ्गीले डाडा काटिसक्यो । दैनिक उपभोग्य बस्तुको खरिद हर्न सक्ने अवस्थामा जनता छैनन । यो समस्याको समाधान हप्तैपिच्छे तेलको मुल्य बढाउनु हो कि अरु पनि बिकल्प छ जनताको राहतको लागि ? 
नेपाल सरकारले यतिबेला तेलको मूल्य बढाएर पेट्रोल रु  १५०.५० पुर्‍याएको छ ।  अन्तरास्ट्रिय बजारमा तेलको मूल्य अहिले पनि  नेपाली ९९ रुपैयाँ पुगेको छैन । तर अन्तर्राष्ट्रिय बजाको भन्दा नेपाली मुल्य ६० रुपैयाँ प्रती लिटर महँगोमा बेच्दा पनि नेपाल आयल निगत घाटामा छ् भन्छ सरकार । प्रती लिटर ६० रुपैयाँ महङ्गो हुदा पनि कसरी घाटा हुन्छ ? एउटा गम्भीर प्रश्न छ ।  
सरकारले पछिल्ला दिनमा विभिन्न बाहना बनाएर हप्तैपिच्छे तेलको मूल्य बढाइरहेको छ । जसको असर दैनिक उपभोग्य बस्तुमा परिरहेको छ । गरीब किसानहरुले खाद्यान्न तेल लगायतका दैनिक उपभोग्य सामान किन्न सक्ने अवस्थामा छैनन । 
एकातिर किसानबाट उत्पादित बस्तुको मूल्य कम छ भने अर्कोतिर किसानले किन्नुपर्‍ने सामानको मूल्य अत्याधिक बढिरहेको छ । न त सरकारले जनतालाई कुनै राहतको कार्यक्रम नै ल्याउन सकेको छ। जनताको दुधको मुल्यमा केही वृद्धि गरेपनि गाईलाई खुवाउने दानामा अधिक मुल्य वृद्धि भएको छ । जसको कारण उत्पादन लागत भन्दा धेरै कम मूल्य रहेको छ । 
रुस युक्रेनको युद्ध र अन्य अन्तरास्ट्रिय कारण देखाएर एकातिर तेलको मुल्य बढाइरहने तर तेल चुहावट र नेता उच्चस्तरीय कर्मचारीहरुलाई  सित्तैमा दिइने तेलमा चाहि केहि नगर्ने तर जनतालाई ढाड सेक्ने गरि मूल्य वृद्धि गर्नु कदापि जनहितमा आधारित छैन । 
यदि सरकार जनताकै पक्षमा काम गर्ने हो भने जनताको हितमा निर्णय गर्न सक्नु पर्‍यो । नेतागण उच्चस्तरीय कर्मचारी लगायत सित्तैमा तेल हाल्ने र तेलमा हुने चुहावटलाई निरुत्साहित नगर्ने हो जनताको चुलो नबल्ने अवस्थामा छ । 
कुनै दिन नाफामा नजाने नेपाल आयल निगमको अनियमितता र घाटाको कारण खोज्न चाहिँ नेपाल सरकार कानमा तेल हालेर बस्ने तर जनतालाई प्रत्यक्ष असर पन्रे निर्णय गर्न हतारिने  सरकारबाट जनताले राहत पाउने सपना नदेख्दा पनि भयो । 
आजको अमेरिकी मुद्राको विनिमय दर रु ११६.१६ पैसा छ । त्यसो हुदा आजको अन्तरास्ट्रिय बजारमा प्रती ब्यारल तेलको मुल्य ११९ डलर अर्थात रु १३८२३.०४ पैसा हुन्छ । अन्तर्राष्ट्रिय बजारमा आजको तेलको मूल्य रु ८६.९४ पैसा हुन्छ । अन्तर्राष्ट्रिय बजारमा भन्दा नेपालमा पेट्रोलको मुल्य ६३ रुपैया ५६ पैसा महङ्गो छ । यति महङ्गोमा बिक्री गर्दा पनि किन नेपाल आयल निगम घाटामा जान्छ ?
यसको कारण खोजेर कारवाही चाहिँ नगर्ने तर जनतालाई खानै नसक्ने अवस्थामा पुर्‍याउनको लागि निर्णय गर्न हतारिने सरकारले सोच्ने दिन आएको छ। 
यतिबेला महङ्गी यति बढेको छ् की यसको मार धान्न सक्ने अवस्थामा जनता छैनन । सामान्य अवस्थाको एक छाक खाना टार्न आजको महङ्गीमा ३०० रुपैयाले पनि पुग्दैन। तसर्थ यतिबेला महङ्गीको मारमा परि जनताको अवस्था भयाभह अवस्थामा पुग्ने देखिन्छ । 
यतातिर सरकारको ध्यान जानुपर्नेमा मूल्य वृद्धि गरेर सरकार ढुक्क हुने गरेको देखिन्छ ! जनताको अवको बिकल्प के हुन सक्छ? यतातिर सरकार किन गम्भीर बन्न सक्दैन । 
तेलको मुल्य बढ्ने बितिक्कै यातायातमा गाडीभाडा र ढुवानीमा तत्काल वृद्धि हुनेछ । ढुवानीमा वृद्धि हुने बितिक्कै त्यसको मार जनतामा पर्न जाने छ। यति बेला देशमा जनताको अवस्था अत्यन्तै दयनीय बन्दै गइरहेको छ । समयमा नै समाधान नखोजे अवस्था जटिल बन्ने देखिन्च ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment