गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भयो : सुवास नेम्बाङ


काठमाडौं २१ फाल्गुन। नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भएको बताएका छन् ।

शनिबार काठमाडौंमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार र संसदले केही काम गर्न नसकेको र अदालतलाई पनि सरकारले काम गर्न नदिएको बताए ।
उनले अहिलेको अवस्थामा संविधान बमोजिम चूनाव हुनुपर्ने र जनताले नै फैसला गर्ने भन्दै गठबन्धन दलहरु चूनावमा जान डराइरहेको धारणा राखे । आफूहरुले गल्ती गरेको भए निर्वाचनमा जनतामाझ शिर निहु¥याउन आफुहरु तयार रहेको भएपनि गठबन्धन दलहरु अझै पनि निर्वाचन सार्ने सोचमा रहेको उनले बताए ।
नेम्वाङले एमसीसी अनुमोदनका समयमा सरकारमा बस्ने दलहरुले दोहोरो चरित्र देखाएको आरोप समेत बताए । उनले एमाले नेतृत्वको सरकारले गरेको असाधारण विकासप्रति डराएर षडयन्त्रपूर्वक सरकारबाट हटाएको तर्क गरे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment