धरानको होटलमा इटहरी ५ तुलसा टोल बस्ने सुमित्राको हत्या गर्ने युवक पक्राउ


इटहरी, फाल्गुन २२: इटहरी ५ तुलसा टोलमा बसोबास गरिरहेकी सुमित्रा तामाङलाई धरान १८ बुद्धचौकमा संचालित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा लगेर हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच दिनपछिको अनुसन्धानबाट प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ६ फलाँटे घर भएका २४ बर्षीय दिनेश राना मगरलाई शनिवार पक्राउ गरेको हो । पक्राउ परेका दिनेशलाई आज(आइतबार) इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलनको आयोजना गरि सर्वाजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार दिनेश विवाहित रहेको र उनलाई धनकुटा प्रहरीको सहयोगमा धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको उनको ससुरालीबाट पक्राउ गरिएको हो ।
इटहरीमा सिटी रिक्सा चलाउँदा दिनेशको सुमित्रासंग चिनजान भई माया प्रेम बसेको थियो । पछिल्लो समय दिनेश भोजपुरमा ह्याभी इकुपमेन्टको सह चालक बनेर ३,४ महिना देखि कार्यरत थिए । यसैबीचमा उनीहरूको सम्बन्धमा खटपट भए पछि योजना बनाई दिनेशले होटलमा हत्या गर्न पुगेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनले सुमित्रालाई होटलको कोठा नं. १०९ नम्बर कोठामा दुई दिनसम्म राखेका थिए । हत्यापछि उनि फरार भएका थिए । फरार भएको दोस्रो दिन नै प्रहरीले हत्यामा संलग्न व्यक्तिको पहिचान गरिसकेको जनाएको थियो ।
पाँचथरको मिक्लाजुङ १ की ३९ वर्षीय सुमित्रा स्थायी घर भई विगत ४÷५ बर्षदेखि इटहरीमा डेरागरि बस्दै आएकी उनि गत मंगलबार धरान १८ बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ठ हाउसमा मृत फेला परेकी थिइन् । उनका छोरा छोरीमार्फत उनको शवको पहिचान गर्न प्रहरी सफल भएको थियो ।
मृतक सुमित्राका श्रीमान् पहिला भारतीय सेनामा कार्यरत रहेको र हाल रोजगारका शिलशिलामा बु्रनाईमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment