इलामको जीलमा देखा पर्‍यो दुर्लभ चरा सेतो गिद्द

  • जीवन शर्मा 

इलाम, २२ फागुनः विश्वमा नै एकदमै दुर्लभ मानिएको सेतो गिद्द हालै सूर्योदय नगरपालिका वार्ड न ३ जीलमा देखा परेका छन । २ दिन अगाडी थापाथली(देउराली खण्ड अन्तर्गतको देउराली छेउमा स्थानीय लासाङ योल्मोको घर छेउको रुखमा ६ वटा सेतो गिद्द आएर बसेका छन । यो भन्दा अगाडि कहिले पनि देखा नपरेका यी गिद्दहरु हिमाली भेगमा अत्याधिक चिसो भएपछी तल झरेको अनुमान गर्न सकिन्छ । हाल यी गिद्द बस्तै आएको ठाउँ समुन्द्री सतहबाट करीब १४ सय फिटको उचाइमा रहेको छ । 
यहाको मौसम हिजोआज १३ देखि १५ डिग्री सम्म रहेको छ । तसर्थ तिनीहरूलाई बाच्नको लागि उपयुक्त बाताबरण भएको कारण हिमाल भेगबाट पहाडी भेगमा झरेको हुन स्कछन्  । तर तिनीहरूको आहारा के भन्ने सन्दर्भमा भने भन्न सक्ने अवस्था छैन । दुई दिन देखि बस्तै आएका यी गिद्दले के खानेकुरा खादैछन र यिनीहरु यहि रहन सक्छन कि सक्दैनन भनेर यसै भन्न सकिने अवस्था छैन । हाल बसोबास गरिरहेका गिद्द रहेको गाउमा जंगली क्षेत्र धेरै भए पनि तिनीहरूले आफ्नो चारो पाउँछन् कि पाउदैन चिन्ताको विषय बनेको छ ।
तर यता स्थानीयहरु चाहिँ गिद्द संर क्षण अभियानमा लागेका छन । उनीहरू भन्छन यी गिद्दलाई यहि राखिराख्न नगरस्तरीय कार्यक्रम भैदिए सहज हुने बताउछन ।  ज्ञातव्य रहोस सुर्योदय १ गोर्खे सिम धापमा पनि विश्वको दुर्लभ चरा हङ्ग्रायो देखा परेको र हाल त्यो क्षेत्र चरा अनुसन्धान केन्द्रको रुपमा बिकसित हुँदै गइरहेको छ ।
सामान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ। तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकासमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणिय महत्त्वलाई हेर्यौभने त्यस्तो कदापि लाग्दैन। शिकारी चरा भएपनि गिद्ध आफैले शिकार नगरी केवल मरेका जनावरका मासु अर्थात सिनो मात्र खान्छन त्यसैले गिद्धहरु कसिमा अहिंसाका पुजारी हुन्। 
सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ुप्रकृतिको कुचिकारु भनिन्छ पर्यावरणिय चक्र सनातन, खाद्यसृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो। सिनोको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा र जिल्लाको संख्यामा बृद्धि हुन्छ। फलस्वरुप मानिसमा रेलिजन, प्लेन, हैजा , आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरूको संक्रमणले महामारीको रूप लिनसक्छ। एक अध्ययन अनुसार एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबर सिनो सफाइमा योगदान पुर्याउँछ।
 गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्धसृङ्खला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो। धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ। रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउँन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ। नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीय मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई सुनाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रूपमा पुज्ने गर्छन्। विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन्।
 सेतो गिद्ध दक्षिण युरोप देखि उत्तर अफ्रिका हुँदै पश्चिम तथा दक्षिण एसियाका भूभागहरूमा पाइने गर्छ। यसले आफ्नो गुँड पहाडका कन्दरा र साना ओडारमा बनाउँछ र कहिले काँही ठूला रूखहरूमा पनि बनाउँने गर्छ। सामान्यतया ९१५ मिटर सम्मका समथर पहाडी भूभागमा पाइने यो प्रजाति गृष्म मौसममा २,००० मिटर ९६,००० फिट०को उचाई सम्म जाने गर्छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment