कांग्रेसबाट इलामको सूर्योदय नगरपालिकामा बराल, राई र चाम्लिङ मेयरका दाबेदार, कस्काे कती सम्भावना ?


निर्वाचनको मिति नजिकदै जाँदा इलाममा चुनावी चर्चा बढ्दै गएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इलामको ‘सुर्योदय नगरपालिका’को नेतृत्व कस्ले लिने भन्ने विषयमा केही समय अघिबाटै बहस शुरु भएको छ । नेपाली कांग्रेसमा मेयरका उम्मेदवार धेरै जनाको नाम सुन्नमा अाएको भएपनि मात्रै तीन जना उम्मेद्वारले चुनाव अघि नै मेयरको दावी गर्दै कार्ड फालेका छन् । दुर्गा बराल, देबेन्द्र राई र प्रेमलाल चाम्लिङ्गको नाम चर्चामा छ । 
दलले आधिकारिक रूपमा उम्मेद्ववार घोषणा नगरे पनि सम्भावित उम्मेद्वारको चर्चा यतिबेला सुर्योदयमा चुलिएको छ । दलका प्रभावशाली नेता नै  प्रमुख र उपप्रमुखको उम्मेद्वार हुने भएकाले पनि उनीहरुको चर्चा चुलिएको हो ।
 कांग्रेसभित्र नगर प्रमुखमा धेरैको नाम सुनिए पनि मुख्य ३ जनाको चर्चा बाहिर छ बनकी अाकाङक्षी मात्र हुन् । त्यसमा पनि नगरवासीले मेयरका लागि दुर्गा बराललाई बढी इच्छाएको बुझिएको छ । जनतामाझ भिजेको र कडा स्वभावका छन् बराल। कांग्रेस बृतमा पनि दुर्गा बरालको चर्चा नै बढी रहेको छ । 
२०७४ सालको चुनावमा जिल्लाले निर्णय गरेर पठाएकाले अाफु ढुक्क भएर मेयरमा भोट माग्न हिडिरहेको बेला टिकट अर्काले लगेको उनी बताउँछन् । मेयरको टिकट नपाएपछि भौतारिएका बरालले इलाम जिल्ला क्षेत्र नम्बर १ प्रदेश (ख)मा टिकट पाएर पराजित बने ।प्रदेशमा पराजित बनेपछि पनि उनी मेयरको उम्मेदवारको दाबी गर्न छोडेनन् ।र अहिले पनि गरिरहेका छन् । 
जसका कारण अबको चुनावमा कांग्रेसको तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता बरालकै हुने उनी निकट नेताले दाबी गर्छन् ।लामो समय सम्म पूर्व जिल्ला सभापति हिमालय कर्मचार्यको टिममा लागिपरेका बराल ,१४ अौ महाधिवेशनमा क्षेत्रीय सभापतिमा पराजित भएपछि जिल्ला सभापतिमा डम्बर बहादुर खड्कालाई  बिजय गराउन खुलेर लागि परे ।
यस्तो छ दुर्गा बरालको राजनीतिक यात्रा:
२०१४ सालमा बुवा लोक बहादुर बराल , अामा गंगामाया बरालको पुत्रका रुपमा जन्मिएका हुन् बराल ।  इलाम जिल्लाको सुर्योदय नगरपालिकाको फिक्कलमा जन्मिएका उनको बाल्यकाल सामान्य थियो । बिध्याथी जिवनबाट  राजनीति यात्रा तय गरेका हुन् ।बिध्याथी जिवनबाट राजनीति शुरु गरेका बराल जुनसुकै अान्दोलनका अगुवा हुन् र अहिले पनि कायम छ  ।२०५१ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय सहभागिता देखिन्छन् । फिक्कल गाबिस वडा नम्बर ६ को अध्यक्ष भएर ५ बर्ष काम गरे ।
 २०६२÷२०६३ सालको जनआन्दोलनमा समेत बरालको नेतृत्बदायी भूमिका रहेको थियो । यसरी देशलाई चाहिएको बेला जुनसुकै परिस्थितिमा पनि पार्टीलाई चलायमान बनाउन सक्ने बरालले हरेक आन्दोलनमा आफैं अग्रभागमा आउँछन् । 
२०५६ सालमा जिल्ला सदस्य , ११ औ महाधिबेशनमा जिल्ला सह- सचिव बनेका थिए भने १२ अौ महाधिवेशनमा क्षेत्र नम्बर १ को सभापतिमा गोलाप्रथाबाट पराजित बने ।१३ अौ महाधिवेशनमा क्षेत्रीय सभापति बने ,  १४ अौ महाधिवेशनमा क्षेत्रीय सभापतिमा पराजित बनेर मनोनित जिल्ला सदस्य बनेर काम गरिरहेका छन् । बराल सामाजिक क्षेत्रमा निकै अग्रपङ्तिमा रहेर काम गर्ने नेताको रुपमा चिनिन्छन् ।राजनीतिक क्षेत्रमा मात्र हैन बराल सामाजिक रुपमा पनि उनको योगदान धेरै छ । 
विभिन्न सामाजिक संघ सस्थामा रहेर काम गरेका बरालले फिक्कलका खानेपानीको क्षेत्र उल्लेखनीय कार्य गरे २०५२ सालमा डाक्टर खोलापानीको अध्यक्ष भएर प्रबेश  गरेका बराल २०५९ सालमा फिक्कल साना शहरी  खानेपानीको अध्यक्ष हुदै गर्दा फिक्कलमा खानेपानीको अभाव थियो जनसंख्या बृदिदर दिनुदिन बढ्दै जाँदा खानेपानी अभाव भईसकेको बेला बरालको एक्लो लडाईले योजना सम्पन्न गराएर २०६२ सालबाट सञ्चालन ल्याउदै २०७८ साल सम्म पनि फिक्कल खानेपानी उपभोक्ता सरसफाई सस्थाको अध्यक्ष भएर काम गरिरहेका छन् ।
बरालका अनुसार पाटीमा गरेको कामको मुल्यांकनको अाधारमा मेयरमा टिकट पाउने कुरामा ढुक्क भएको बताउँछन् ।
को हुन् देबेन्द्र राई ?
सुर्योदय नगरपालिका मेयरका लागि देबेन्द्र राईको नाम निकै चर्चामा छ ।  जनताको घर दैलोमा पुगिरहने नेताको रुपमा राईलाई चिनिन्छ ।उनी पनि कडा स्वभावका छन् । कांग्रेस भित्र  पनि राईको चर्चा नै बढी रहेको छ ।२०७४ सालको प्रदेश सभाको निर्वाचनमा पराजित भएका राई यसपटक मेयरमा उम्मेदवारी दिने बताउँछन् । 
जसका कारण अबको स्थानीय चुनावमा कांग्रेसको तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता राईकै हुने उनी निकट नेताले दाबी गर्छन् ।
२०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट इलाम क्षेत्र नं। १ को (क) को प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका थिए ।
सामाजिक क्षेत्रमा क्रियाशील रहेका पनि संघ लगायतका संस्थामा समेत आवद्ध छन् । राजनीति र सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील रहेका राईको चर्चा सुर्य‍ोदय नगरको मेयरमा चुलिएको हो । उनी प्रधानमन्त्री तथा सभापति शेर बहादुर देउवाको टिमका नेता हुन् ।भएपनि पूर्वमहा- मन्त्री कृण्ण प्रसाद सिटौलासँग निकै राम्रो सम्बन्ध भएकाले टिकट देबेन्द्र राई पक्षमा जान्छ भन्ने अनुमान धेरैको छ तर उनी टिकटको लागि लभिङ्ग नगरेको बताउँछन् । मेयरमा अाकाङ्क्षा रहेको उनी बताउँछन् ।
यस्तो छ देब्रेन्द्र राईको राजनीतिक यतिहास:
२०१७ सालमा  बाबू हुकुमलाल राई र  अामा पम्फा देबि राई काइला छोरा हुन् देबेन्द्र राई
२०३२  सालबाट नेबिसंघको  राजनीतिबाट होमीएका हुन् ।
राईलाई बाल्यकालदेखिनै नेपाली कांग्रेसका नेता वी।पी।को विचारले प्रभाव पेरेको थियो । बिभिन्न आन्दोलनमा सक्रिय भएर सहभागी भएका उनी २०३६ सालको जनमत संग्रहका नाईके भएर अगाडि बढेका राई बहुदल पक्षको निलो चुनाव चिन्हको चन्द्रग्राउन्डको एजेन्डा प्रमुख भएर पनि काम गरे ।
२०४२ सालमा नेपाली काग्रेसले चाक्सिबारी गरेक‍ो सत्याग्रहको अायोजना इलामबाट केशव थापा,मोहन श्रेष्ठ ,यज्ञराज अाङदेम्बेसँगै देबेन्द्र राईले पनि सहभागीता जनाएका थिए ।२०४६ सालको जनअान्दोलनमा सकृय भएका थिए राई । भने 
२०६२÷०६३ सालमा भएको जनआन्दोलनमा राईले इलाममा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण उनको चर्चा दिनदिनै चुलिदै गएको हो ।
नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका राई २०५३ सालमा किसान संघको इलाम जिल्ला प्रतिनिधि र  केन्द्रीय सदस्यमा पराजित भए ।११ अौ महाधिवेशनमा प्रजातान्त्रिक काग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य भने राई ।त्यस्तै १२ अौ महाधिवेशनमा जिल्ला सदस्य भएर  उपसभापतिमा नाम प्रस्तावित भएपनि बहुमत नपुगेकाले उपसभापति नभएर पाटि समेत छोड्न बाध्य भएको उनी बताउँछन् ।
१४ अौ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर सकृय पुर्वक संगठनमा लागि परिरहेका छन् ।
 को हुन् प्रेमलाल ? के छ राजनीतिक  इतिहास ?
काठमाडौमा पढ्दा पढ्दै २०४६ सालबाट राजनीति यात्रा शुरु गरेका प्रेमलाल चाम्लिङ्ग नेपाली कांग्रेस इलामका इमानदार नेता मध्येका एक हुन् । २०२६ सालमा दल कुमार र  रत्नमायाका पुत्ररत्नका रुपमा जन्मिएका उनी २०३६ सालमा भएको जनमत संग्रहका लागि भएको आन्दोलनमा केटाकेटीमा नेपाली कांग्रेसको झण्डा बोकेर हिँडेका थिए ।
नेपाली कांग्रेसमा रहेर लामो समयसम्म निष्ठापुर्वक काम गरेपनि उनले राजनीतिक पहुँच भने खासै स्थापित गर्न सकेका छैनन् । नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य,उपसभापति  हुँदै पार्टीको महासमिति सदस्य समेत भए ।२०४६ सालको जनअान्दोलनमा काठमाडौमा २ दिन हिरासत बसे ।काठमाडौबाट फ्रकिएर फिक्कल अाएपछि २०५२ सालमा फिक्कल गाऊकार्य समितिको  सभापति भए । कांग्रेसको नेतृत्व गर्दै पार्टीलाई चलायमान बनाउने कार्यमा सक्रिय रहे चाम्लिङ्ग।
नेपाली कांग्रेसको ११ औं महाधिवेशनबाट जिल्ला सदस्य बनेका उनी कृषि कर्म गर्नेहरुका लागि प्रेरणाका श्रोत नै बनेका छन् । आफू पनि कृषि कर्म गर्न रुचाउने भएकाले राजनीति र कृषिसँग - सँगै गरिरहे । सुर्योदयको डाक्टर खोला  स्थायी घर भएका उनले १२ महाधिवेशनमा भाग लिएका थिए । सो क्रममा उनी जिल्ला उपसभापति भएका छन् ।
१३ अौ महाधिवेशनमा भाग लिएर महासमिति सदस्य भने चाम्लिङ्ग 
पार्टी भित्रैको आन्तरिक निर्वाचनमा सफलता हात पर्दै उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेद्वार बनेर २६ सय मतान्तरबाट पराजित बने चाम्लिङ । काग्रेस भित्रका नाम चलेका केबी गुरुङ,  भिष्मराज अाङदेम्बे र कृण्ण प्रसाद सिटौलाई बढि मन पराउने चाम्लिङ्ग पाटिले जस्तो  जिम्मेवारी दिएपनि पूरा गर्ने बताउँछन् ।उनका अनुसार यसपटक सुर्योदय नगरपालिकामा मेयरको टिकट पाउने कुरामा अाफु ढुक्क भएको हाम्रो प्रदेशलाई बताउँछन् ।उनी भन्छन् बराल र राई प्रदेशका उम्मेदवार भएकाले अन्तिम समयमा अाफ्नो निर्बाचन क्षेत्रमा फर्कनु हुन्छ ।अाफु सुर्योदयको पराजित मेयर पनि भएकोले यो पटक मलाई पाटीले अवसर दिनेकुरामा ढुक्क भएको चाम्लिङ्ग बताउँछन् । सबै एक भएर काग्रेस जिताउने अभियानमा लाग्न   अनुरोध पनि चाम्लिङ्गले गरेका छन् ।टिकटमा अाकाङ्क्षा गर्नु सामान्य हो जस्ले पाएपनि उस्को पछि लागू भन्दै यसपटक काग्रेस जिताउने अभियान केन्द्रीय कार्यसम्पादन समिति पनि कार्यक्रम बनाएको छ सबैले हातिमालो गरु ।
 बराल,राई र चाम्लिङ्ग बीच मेयरको चर्चा चुलिदै गर्दा मतदाताले इमानदार नेताको रुपमा चाम्लिङलाई लिन्छन् । तर, तीनै जना नेताले आफू– आफूलाई नै दर्विलो उम्मेद्वारको रुपमा प्रस्तुत गर्दै आउनुले पनि नेपाली कांग्रेस सुर्योदयमा मेयरको लागि रस्साकसी बढेको प्रस्टरुपमा देख्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment