सूर्योदय चियाको लागि विशेष छ । यहाका सबै वार्डमा चियाको उत्पादन हुन्छ । तर यहाँको हरियो चियापतिको बजार स्थिर नहुदा किसान मर्कामा छन । नगरले चिया सम्बन्धि कार्यबिधी बनाए पनि ढुक्क हुने अवस्था रहेन । यहाको मुख्य समस्या भनेको हरियो चियापतिको बजारको होइन समस्या त श्रम बजारको देखिन्छ । तसर्थ चियाको बजारलाई भन्दा श्रमको बजारलाई व्यवस्थित गर्दा हरियो पत्तिअको मूल्य र बजार आफै ट्याकमा आउने छ।
कसरी ????
प्रकृतिको देनको चियाका मुना पलाएपछी बढ्छन् हुर्कन्छन । समस्या त्यही हो जुन मुनालाई समयमा नै व्यवस्थापन गर्न्नसक्दा मूल्य र गुणस्तर दुवैमा फरक पार्ने । सबैको चिया बगान छ तर टिप्ने कामदार सिमित छन । ती सिमित कारबारको भरमा किसानहरुले चियालाई समयमा नै टिप्न सक्दैनन ।
अनि हुर्किने र गुणस्तर चियामा कमि आउँछ । अनि बजार बजार अस्थिर बन्छ । तसर्थ चियाको बजार स्थिर राख्न श्रम बजार बढाउनु पर्ने हुन्छ । यदि नगरपलिक अन्तर्गतका सबै वार्डले वार्डमा रहेका गाउगाउमा श्रम बजार निश्चित गराउन सके चियाको बजारमा कुनै समस्या आउने थिएन ।
सम्भावना कतिको छ त ?
स्थानीय निकायले चाहेमा सम्भावना छ । जस्तै एउटा किसानलाई वार्षिक कति जना श्रमिकको आवस्यकता हुन्छ पहिचान गर्ने र वार्षिक रूपमा हिसाब गरेर निर्दिष्ट गरिएको श्रमिकको ज्याला स्थानीय निकायमा बुझाउने । सबै किसानका काम ती श्रमिकले गरिदिन्छन किसानले आफू बाहेकको श्रमको ज्याला तिर्छ स्थानीय निकायले संकलन गर्छ र श्रमिकलाई दिन्छ । यसो गर्दा सबै किसानका उत्पादन समयमा नै र गुणस्तर हुँदै निकाल्न पाउछ र ढुक्क हुन्छ । बजारको समस्या पनि आउदैन ।
म जस्तो सामान्य किसानको लागि एक टिपाइमा ७० जना श्रमिकको आवश्यकता पर्छ र यदि एउटा गाउअमा ३५ जना श्रमिक रहे २ दिनमा मेरो चिया टिपी सकिन्छ अनी गुणस्तरमा कमि पनि आउदैन । स्थानिय निकायले अथवा श्रम बजार कर्ताले प्रती दिन वा प्रती केजिको हिसाबले म बाट शुल्क लिन सक्छ । त्यही रकम उसले मजदुरलाई दैनिक ज्यालाको रुपमा दिन्छ । तर मेरो चिया टिपेको १० दिनभित्रमा श्रमिकको मूल्य बुझाउनु पर्ने हुन्छ । यता मलाई पनि चिया फ्याक्टीले साप्ताहिक रुपमा चियाको मुल्य दिनुपर्ने हुन्छ ।
सबै पक्षलाई फाइदा
यदि यसरी श्रम व्यवस्थापन गर्ने हो भने प्रत्यक्षरुपमा पक्षलाई फाइदा हुन्छ। श्रमिक किसान र स्थानीय निकाय । किसानले उत्पादन गरेका बस्तुहरु समयमा नै बजार पुग्छन । गुणस्तरीय बस्तु कारखाना पुग्दा खारखानाहरुले पनि राम्रो मुल्यमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्छन ।

किसानको पनि चियाको बजार राम्रो रहन्छ । श्रमिकले वर्षभरी काम पाउँछन् ।स्थानीय निकायको अभिभावक सर्व स्विकार्य रहन्छ । त्य स पछि गुणस्तरको कुरा हराउने छ । तर श्रम बजारको नेतृत्व गरिदिनेले श्रम निर्धारण गर्दा सिजन अनुसारको गरिनुपर्छ । अर्थात एक जना श्रमिकले प्रती दिन निम्नतम शुल्क लिदा कति के जी चियापती टिप्नु पर्ने त्यो निर्धारण गरिनुपर्छ र निर्धारण गरिए भन्दा बढी टिपेमा प्रती केजी कति श्रमिकले पाउने निर्धारण हुनुपर्यो ।तर सिजन अनुसार निर्धारण गरिनुपर्छ ।
यसरी श्रम बजारलाई व्यवस्थित गर्ने हो भने उत्पादित बस्तुको बजारीकरणमा समस्या नआउने र स्थानीय सरकारले सबैलाई रोजगार दिन सक्छ ।
चियामा आएको अहिलेको समस्या भनेको चिया किसानले श्रमिक नपाउनु नै मुख्य हो । यदि चिया टिप्ने खेताला पाउनु हो भने चिया किसानका समस्या आफै समाधान हुनेछन । चिया टिप्न बितिसकेको हुन्छ एकातिर भने अर्कोतिर खेताला नपाएर हैरान हुन्छन ।

अनि बितेको चियालाई व्यवस्थापन गर्दा लामो चिया मेशिन र सिक्कल्को भर पर्नुपर्छ । यसो गर्दा चिया उत्पादनमा पनि कमि आउँछ भने चिया किसानको चियाले राम्रो बजार पाउदैन । त्यसैले चियाको बजारको व्यवस्थापन भन्दा पहिले श्रम बजारको व्यवस्थापन गर्न जरुरी देखिन्छ।
0 comments:
Post a Comment