सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारको तयारी


काठमाडौं । सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश गरिएको जानकारी दिएका हुन् ।

उनले खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नु परेको पनि स्पष्ट पारे । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले विहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जापान, अष्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीहरुले वार्षिक रुपमा करिब १ खर्ब ९७ अर्ब खर्च गरेको देखेपछि त्यसको समीक्षा गरेर सरकारले नेपालमै सो शिक्षा अध्ययनका लागि सरकारी मेडिकल कलेजहरुको स्थापना गरेर अघि बढने निष्कर्ष निकालेको पनि स्मरण गराए ।

तर, सरकारले निजी क्षेत्रको मेडिकल कलेजलाई पनि सँगै लिएर जाने नीति लिएको मन्त्री पौडेलको भनाइ छ । मन्त्री पौडेलले निजी क्षेत्रको मेडिकल कलेजलाई विस्थापन गर्ने सरकारको कुनै योजना नरहेको पनि पटकपटक दोहो¥याए । उनले भने, ‘सात वटा प्रदेशमा सात वटै सरकारी मेडिकल अस्पताल बनाउने प्रस्ताव क्याविनेटमा लगिएको छ । हाम्रोमा ११ वटा युनिभर्सिटी छनभने नचल्ने, विद्यार्थीहरुले नखोज्ने विषय पढाएर के काम ? जबकि ७ हजार विद्यार्थी एमबिबिएस पढन, एमडी पढ्न बंगलादेश जान्छन् ।


उनले थप भने, ‘एक वर्षको रकमको हिसाब गर्दा करिब १ खर्ब ९७ अर्ब रकम चाँही जापान, अष्ट्रेलिया, बंगलादेश, चीन, भारत गएको हामीले पायौं । जतिपनि हाल्न विद्यार्थीहरु तयार छन् । गरिब पनि हामी नेपालीहरु छौं । खर्च गर्न पनि तयार छौं । त्यत्रो पैसा बाहिर गएको छ । अनि फर्केर आउने र मेडिकल काउन्सिलको परीक्षा नदिई डाक्टर हुन पाउने । अब हामीले यसलाई समीक्षा ग¥यौं । र, हामीले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेका छौं । निजी क्षेत्रलाई पनि लिएर जानुपर्छ ।’

त्यस्तै मन्त्री पौडेले सीटीईभीटीलाई पनि सबै स्थानीय तहसम्म पु¥याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताए । अहिले तत्काल प्रदेशहरुमा को स्थापना गर्ने र त्यसपछि लगत्तै सबै स्थानीय तहहरुमा सीटीईभीटीहरु पु¥याउने सरकारको योजना रहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment