इलाम जिल्ला फुटबल संघ अध्यक्षमा श्रेष्ठ


इलाम, बैशाख :  जिल्ला फूटबल संघ इलामको ७ औं साधारण सभाले बिक्रम श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ । शनिवार इलाम सदरमुकाममा सम्पन्न सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा पुर्णबहादुर लिम्बु, डिडेन देवान र सेवक देवान चयन भएका छन् । १५ सदस्यीय कार्य समितिको सदस्यहरुमा बिप्लप कोइराला, प्रमोनन्द दुलाल, लिलबहादुर बुर्जा, भुवन सिंह भुजेल, सुरेन राई, पवनकुमार श्रेष्ठ, ज्ञानबहादुर राई रहेका छन् । अन्य सदस्यहरुमा मोहनकुमार राई, मणीकुमार गुरुङ, महानन्द भक्तराज, विजयकुमार सुब्बा, शोभा राई रहेका छन् ।

नव गठित समितिले जिल्लामा नयाँ खेलाडी उत्पादन देखी फूटबल खेलको बिसकासमा निरन्तर लाग्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । उनले इलाम जिल्लाबाट धेरै फूटबल खेलाडी उत्पादन भएको र आगामी दिनमा पनि नयाँ खेलाडीलाई खेल प्रतिको मोह जगाउने कार्यमा आफुहरु लागि पर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment