नेकपा इलाम नगर अध्यक्ष सहित सम्पूर्ण नगर कमिटीद्वारा सामुहिक राजीनामा, पार्टी कार्यालयमा तालाबन्दी


इलाम, १० बैशाखः नेकपा इलाम नगर अध्यक्ष सहित सम्पूर्ण नगर कमिटीद्वारा सामुहिक राजीनामा दिएका छन् । इलाम नगरपालिकाको नगर प्रमुखमा सिफारिस भएका ब्यक्तिको बिषयमा छलफल नगरी  नरेन्द्र नाथ भट्टराईलाई  सिफारिस गरिएको भन्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष तिलक ठकुरी सहित २२ जनाले सामुहिक राजीनामा दिएका छन ।
एमालेबाट इलाम नगरपालिकाको नगर प्रमुखका  लागि भट्टराई संगै धिरेन चेम्जोङ, कृष्ण क्षेष्ठ लगायको नाम सिफारिस भएको थियो ।
 एमाले इलामको कार्यालयमा उम्मेद्वारी छनौटमा असन्तुष्टी जनाउदै नगर कमिटले  तालाबन्दी समेत गरेको  नेकपा एमाले नगर विद्यार्थी शाखाका अध्यक्ष सुसान्त चापागाईले जानकारी गराए ।  । साँझमा  इलाम नगरपालिकामा  नगर प्रमुखमा नेकपा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगीएको भनेर सामाजिक सञ्जालहरुमा सार्वजनिक भए संगै असन्तुष्ट पार्टीका युवाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment