मोदीलाई देउवाको आग्रह : ‘नेपाल–भारत सीमाका विषयमा द्विपक्षीय संयन्त्रमार्फत् समाधान गरौं’


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल–भारत सीमाका विषयमा द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्नका लागि आग्रह गरेको बताएका छन् । शनिबार हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग सीमा विषयका बारेमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्नका लागि आग्रह गरेको बताएका हुन् ।

पत्रकार सम्मेलनका क्रममा देउवाले भारतको आर्थिक रुपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको धारणा राखे । उनले नेपाल र भारत सडक र रेल जस्ता सम्पर्क सञ्जाल सम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मलनिर्यात् गर्ने सम्बन्धी केही समय पहिले भएको समझदारी भएको र यसको सफल कार्यान्वयनमा जोड दिएको जानकारी दिए । उनले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुई जना सहमत भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिए ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समक्षकी शेरबहादुर देउवाको भारत भ्रमणले दुई देश बिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । देउवा र आफूबीच नेपाल र भारतका सम्बन्धका विविध पक्षका बारेमा छलफल भएको उनले बताए ।

त्यस्तै मोदीले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा साझेदारी हुनुपर्नेमा जोड दिए । सो क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले सोलु करिडोरको प्रसारण लाइनको उद्घाटन गरेका थिए । त्यस्तै उनीहरुले करियो झण्डा देखाएर जनकपुर जयनगर रेल सेवा उद्घाटन् पनि गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार वटा सम्झौता भएको छ । दुई देशबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञतासम्बन्धी सम्झौता भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment