प्रधानमन्त्री देउवाको स्वागतमा सिंगारिएको दिल्ली, चारैतिर फहराइयो नेपाल-भारतको झण्डा


काठमाडौं । तीन दिने भारत भ्रमणमा आउन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा नयाँदिल्ली सिंगारिएको छ ।
देउवालाई भव्य स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि चाणक्यपुरीस्थित होटल आईटिसी मौर्यसम्म नेपाल र भारतका प्रधानमन्त्रीको होर्डिङ बोर्डदेखि दुई देशका झण्डा चोक चोकमा फहराइएको छ ।
देउवाको सवारीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतका जनताले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई चासोका साथ हेरेका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment