इलामको फाकफोकथुम कोरीया विवादः गाउँपालिका उपाध्यक्षबाटै नागरिकमाथी कुटपीट


इलाम: इलामको फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई ‘सरु’ले शुक्रबार साझ आफनै नागरिकलाई चड्कन हान्नु भएको छ । मौसमी कामदार कोरिया पठाउने विषयमा भएको बिवाद मिलाउने क्रममा बिवाद हुँदा उपाध्यक्ष राईले फाकफोकथुम १ का कृष्ण खड्कालाई नाथ्री फ्ट्ने गरी चड्कन हान्नु भएको हो ।


शुक्रबार साझ सम्म आन्दोलनरत युवा र गाउँपालिकाका जनप्रतिनिधि बिच भएको छलफल बिना निष्र्कष टुंगीए पछि आफु माथी झुठा आरोप लगाएको भन्दै उपाध्यक्ष राईले खडकालाई गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको क्वारमा लछारपछार गरी कुटपीट गर्नुृ भएको छ । छलफल बिना निष्र्कष टुंगीए पछि गाँउपालिका अध्यक्ष श्रेष्ठको क्वाटरमा बसीरहनु भएका खड्कालाई आफुमाथी नभएका आरोप लगाएको भन्दै उपाध्यक्ष राईले थप्पड हिर्काउदा खड्काको नाथ्री फुटेको स्थानीय उपेन्द्र पौडेलले जानकारी दिनु भयो । उपाध्यक्ष राईले खड्कालाई बाहिर ल्याएर थप्पड हान्नु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष राईले आफुले सहन नसकी कुटपीट गरेको स्र्वीकार गर्दै आफुले आवेसमा आएर गल्ती गरेको बताउनु भयो । उहाले आफ्नो बेईजती हुँने गरी गिरोह नै सक्रिय भए पछि आफुले हात छोडेको बताउनु भयो ।
उहाले भन्नु भयो ‘जनप्रतिनिधिको मानमर्दन समेत नराखी नभएका आरोप आफु माथी लगाए पछि थप्पड हानेकै हुँ ।’ ‘कामदार सहि तरिकाले पठाउनु पर्छ भनेर आफु शुरु देखि नै लागे पनि आफुमाथी झुठा आरोप मात्र लगाए पछि थाम्न नसकेर हात छोडनु परेके बताउनु भयो ।
उपाध्यक्ष राईले कोरिया कामदार पठाउने सवालमा अध्यक्ष सहितको सिंगो गाउँपालिका टिमले पारदर्शी ढंगले काम गरे पनि कामदार छनौटमा खटीएका एजेन्टले गडबढ गरेका कारण समस्या उत्पन्न दावी गर्नु भयो । उपाध्यक्ष राईले कामदार छनौटमा जातजाती , भूगोल , पार्टी मिलाएर छानीए पनि एजेन्टका कारण बिवाद भएको बताउदै अध्यक्ष संग समन्वयमै काम गर्दा पनि अध्यक्षलाई आफुले दोष लगाएको भनेर झुटो प्रचार गरिएको बताउनु भयो । ‘मलाई निर्वाचनको मुखमा नियोजित रुपमा सक्ने काम भयो,आउटअफ कन्ट्रो भएर हात छोडे, यो मेरो गल्ती हो’ उपाध्यक्ष राईले भन्नु भयो । उहाले मिडियाले समेत आफु संग नबुझी गलत प्रचार गरेको दावी गर्नु भयो । ’ उहाले भन्नु भयो‘मिडियाले मलाई नसोधी नबोलेको कुरा लेखे, जे बोले त्यो लेखीदिनु होला, कुटेको चाहि हुँ ।’ उपाध्यक्ष राईले खड्काले अश्लिल तरिकाले आफुलाई गाली गरेको आरोप लगाउनु भयो ।
उपाध्यक्षको आक्रमणमा पर्नु भएका खड्काले आमचोक प्रहरी चौकीमा निवेदन दिनु भएको छ । खड्काले आफुले अश्लिल शब्द प्रयोग नगरेको बताउदै आफु संग बिवादको अडियो सुरक्षित रहेको जानकारी दिनु भयो । उहाले प्रहरीमा निवेदन दिए पनि प्रहरी नै निर्य भएको बताउनु भयो । उहाले आईतबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिने जानकारी दिनु भयो । ‘पीडित खड्काले भननु भयो, यहाँ छफफल भएर मिल्ने ठाउँ छैन, उपाध्यक्षबाटै अशुरक्षित भएर बस्न सकिदैन अव।’
बिवाद पछि घटना स्थलमा पुग्नु भएका जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगा थापाले खड्काले ठाडो निवेदन दिनु भएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ठाडो निवेदन आएकाले दर्ता भएको छैन, प्रक्रिया पु¥याएर निवेदन दिए, दर्ता भई दोसी माथी छनवविन गरी कारवाही हुन्छ।’
मौसमी कामदार कोरिया पठाउने बिषयमा अनियमितता भएको भन्दै स्थानीय युवाले गाउँपालिका कार्यालयमा केहि दिन अघि तोडफेड गरी ताला समेत लगाएका थिए । तोडफोड पछि जिल्ला प्रशासन कार्यालयमा छmलफल भई शुक्रबार गाउँपालिकामा संम्वाद गरी बिवादको अन्त्य गर्ने लिखित सहमती भएको थियो । प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले सबैलाई मान्यहुँने गरी बिवाद मिलाउने सर्तमा गाउँपालिका पठाउदा थप विवाद भए पछि अव जिल्ला प्रशासन कार्यालयले अग्रसरतामा बिवाद मिलाउने बताउनु भयो । उहाले भन्नु भयो ‘बिवाद मिलाउन पठाउदा थप बिवाद भए पछि अव यतै बोलाएर प्रक्रिया अगाडी बढाउछौ ।’गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठर्लाइ उक्त बिषयमा बुझन पटक पटक फोन गर्दा फोन उठेन ।
फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ गाउँपािलकाबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। गाउँपालिकाले गत फागुन १६ मा १० दिने सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन माग गरेको थियो। कोरिया जान चाहने चार सय ७७ युवाले गाउँपालिकामा निवेदन दिएका थिए। ति मध्ये १ सय ५ जना छानिने भए पनि तीन सय बढीको मेडिकल गराईए पछि बिवाद उत्पन्न भएको थियो । बिवाद पछि गाउँपालिका अध्यक्ष राम कुमार श्रेष्ठ समेत केहि दिन गाउँपालिका छोडेर अन्यत्रै जानु भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको छलफल पछि गाउँपालिकामै बिवाद मिलाउने गरी अध्यक्ष श्रेष्ठ गाउँ फर्कनु भएको थियो ।
काग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष र एमालेबाट निर्वाचित उपाध्यक्ष रहेको फाकफोकमा शुरु देखिनै बिवादै बिवाद रहेको थियो । आन्तरिक बिवादका कारण पालिकाले योजना अनुसारका काम समेत हाल सम्म गर्न सकेको छैन । गाउँपालिकामा धेरै जसो समय बिवादमै बितेको छ । उपाध्यक्ष राईले यस अघि पनि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहाल र जर्नादन कट्टेल माथी हातपात गरेको आरोप लागेको थियो । उपाध्यक्ष राईले भने उक्त बिषय आरोप मात्र भएको बताउनु भयो ।
यस अघि आफुले गाडी नपाएको भन्दै अध्यक्ष संग समेत विवाद भएर उक्त घटना प्रहरी चौकी सम्म पुगेको थियो । बिवाद पछि उपाध्यक्ष राईका लागि बोलेरो गाडी खरिद गरिएको थियो । उापाध्क्ष राईले गाडी संगै गाउँपालिकाले खरिद गरेको मोटरसाईकल र स्कुटर गरी तीनवटा सवारी आफै प्रयोग गर्नु भएको थियो । गाउँपालिकामा अन्तरिक बिवाद र आक्रमणको त्रासले प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी बस्न समेत नमान्ने गरेको पाईएको छ ।
दोषीलाई कारवाही गर्न काग्रेसको माग
यता कुटपीटको घटना छानविन गरी कारवाही गर्न माग गर्दै नेपाली काग्रेस फाकफोकथुम गाउँपालिका कमीटिले माग गरेको छ । पार्टी सभापति डि बहादु थापाद्धारा जारी बिज्ञप्तीमा काग्रेस कार्यकता माथी भएको कुटपीटको छानविन गरी कारवाही गर्न माग गर्नु भएको छ । बिज्ञप्तीमा भनीएको छ ‘स्वतन्त्र र निष्पक्ष छानविन नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौ ।’
यस्तै नेपाली कांग्रेस प्रदेश सभा २ ख ले पनि बिज्ञप्ती जारी गरी पीडितलाई न्याय र दोसीलाई कारवाही गर्न माग गरेको छ । प्रदेश सभापती खगेन्द्र लिम्बुद्धारा जारी बिज्ञप्तीमा दोषीलाई कारबाही गरी पीडितलाई न्याय नदिए थप आन्दोलन गर्न बाध्य हुँने जनाईएको छ ।
एवीसी नेपालीबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment