शिक्षकले छात्रालाई नोट लिन बोलाएर जंगलमै गरे बलात्कार, बच्चा बसेपछि गर्भ पतन


अर्धाखाँची । अर्घाखाँचीमा एक शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरि गर्भपतनसमेत गराएको खुलेको छ ।

२७ वर्षका शिक्षा विषय पढाउने शिक्षक ठाकुरप्रसाद भूसालले कक्षा १० कक्षामा पढ्ने आफ्नै विद्यार्थीलाई पटक पटक बलात्कार गरि गर्भपतन गराएको खुलेको हो ।

घटनापछि ती नाबालिग विद्यार्थीले शुक्रबार जिल्ला अदालत अर्घाखाँचीमा उजुरी दिएकी छन् । उनले शिक्षक ठाकुरप्रसाद भूसालले गत १९ पुसको दिन अनि त्यसयता पटक पटक बलात्कार गर्दै आएको र पछिल्लो समय बुटवलमा लगेर गर्भ पतन गराएको आरोप लगाएकी छन् ।

यसरी सुरु भएको थियो बलात्कारको चक्र

विद्यार्थीले दिएको वयान अनुसार शिक्षक भूसालले गएका पुस १९ गते नोटकपी लिन भन्दै रातिको ६ बजे घरबाट करिब ७ मिनेटको बाटो पर जंगलमा बोलाए । अनि पीडित विद्यार्थी पनि नोटकपी लिन गइन् ।

त्यहाँ शिक्षक भूसाल थिए । त्यसपछि शिक्षकले विभिन्न कुरा गर्दै मुलबाटो छोडाए अर्कै बाटो जाऔँ भन्दै पीडितलाई मोडे । एका तिर थियो, मोटरबाटो अर्कोतिर थियो । सानोबाट ती शिक्षले सानोबाटो तर्फ लगे । केही पर हिँडेपछि नोट कपी दिए ।

जंगल पुगेपछि ती शिक्षकले ओठ चुसिदिने स्तन खेलाइदिने जस्ता कुकार्य गर्न थाले । त्यसपछि २ पटक जबरजस्ती यौन सम्पर्क गरेको पीडित विद्यार्थीले निवेदनमा जनाएकी छिन् ।

बलात्कारपछि म छु नडराउनु भन्दै ती शिक्षकले भनेको पीडितले उल्लेख गरेकी छन् । त्यसयता सोही स्थानमा बोलाउदै पटक पटक बलात्कार गरेपछि गर्भ बसेको र गर्भ पतन समेत गरेको पीडितको भनाइ छ ।

गर्भपतन गराउन ती शिक्षकले गत १७ फागुनमा बुटवलमा रहेको छायाँ क्लिनीक प्रालिमा भएको सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख गरिएको छ । सो क्रममा ५२ हजार रुपैयाँ खर्च भएकोसमेत उल्लेख गरिएको छ ।

उता आरोपित शिक्षक भुसालले भने आफूले जबरजस्ती गरेको नभइ सहमतिमै शारीरिक सम्पर्क गरेको दावी गरेका छन् । कानुन अनुसार सहमतिमै यौन सम्बन्ध राखेपनि १८ वर्षमुनिका किशोरी भए बलात्का ठहरिनेछ । ती पीडित विद्यार्थी १८ वर्षभन्दा मुनिका किशोरी हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment