हरि बानियाँले श्रीमती र छोरीलाई गरे धारिलो हतियार प्रहार ,श्रीमतिको अवस्था गम्भिर


इटहरीःचैत्र १८, इटहरी उपमहानगर पालिका वडा नम्बर ४ सेफ्ड इंग्लिस बोर्डिङ स्कुल नजिकै निवासी हरि बानियाँले आफ्नी श्रीमती र छोरीलाई धारिलो हतिार प्रयोग गरी गम्भिर घाइते बनाएका छन् ।

इटहरी उपमहानगर पालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका बानियाँले श्रीमती ४० बर्षीया कविता बानियाँ र छोरी कजिना बानियाँलाई धारिलो हतियार प्रयोग गरेपछि दुवै जनालाई प्रहरीले उद्धार गरेको छ ।
श्रीमतिको टाउको र शरिरमा गम्भिर चोट लागेको छ । छोरीको पनि शरिरमा चोट लागेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिएका छन् ।
घाइते दुवैलाई उपचारका लागि बिराटनगर स्थित न्युरो हस्पिटलमा पठाइएको छ । हतियार प्रहार गर्ने हरिलाई पक्राउ गरिएको प्रहरी निरिक्षक कटवालले बताए । घाइते मध्ये श्रीमति कविता बानियाँको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । के बिषयमा हतियार प्रहार गरिएको र कस्तो हतियार प्रहार भएको भन्ने सन्दर्भमा भने प्रहरीले अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment