खोटाङमा छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ


खोटाङ । यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महुरेगढी वहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य रहेका छन् ।

उनी आफ्नै आफ्नै शिक्षालयमा अध्ययन गर्ने छात्राहरुलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सुरुमा नुनथलाबाट पुगेको प्रहरीले प्रधानान्यापक आचार्यलाई नियन्त्रणमा लिएको बताइएको छ । विभिन्न बहान बनाएर शिक्षालयमा अध्ययन गर्ने छात्राहरुमाथि यौन हिँसा तथा यौन जन्य गतिविधिहरु गर्ने गरेको आरोप विद्यार्थीहरुको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment