इलाम नगरमा लगाएको अनावश्यक कर हटाउछुः नगर प्रमुखका उम्मेद्वार थापा, सुशासन र महिलाको अधिकार गर्ने : दहालकाे प्रतिबद्धता

  • गणेश घिमिरे

बैशाख १६, इलामः आउँदो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रसबाट इलाम नगरपालिकाका नगरप्रमुख पदका  केदार थापाले आफू नगर प्रमुखमा निर्वाचित भए नगरमा बिकास निर्माणको अभियानलाई तीब्र गतिका साथ अघि बढाउने बताउनु भएको छ । उहाँले भ्रष्टचार नियन्त्रण, नगरका पिछडीएका वडालाई सदरमुकामसम्म सहज रुपमा सडकको निर्माण, स्वच्छ खानेपानीको ब्यबस्था, लक्षित बर्गलाई वडा र पालिकाले दिँदै आएको सेवा सुबिधालाई सहज बनाउने, नगरमा अहिले लगाइँदै आएका अनावश्यक करहरु हटाउने जस्ता प्रमुख कार्य रहने उल्लेख गर्नुभयो ।


थापाले इलाम क्याम्पसमा शैक्षिक सुधारका कार्यक्रम ल्याउने, नगरमा स्वच्छ खानेपानीको आपूर्ती, इलाम अस्पतालमा बिशेषज्ञ डाक्टरको ब्यबस्था गर्ने जस्ता कामहरु पनि आफनो पहिलो प्राथमिकतामा पर्ने प्रतिबद्धता जनाउनुभयो । मेयर पदका उम्मेद्धार थापा पार्टीको भातृ संस्था नेविसंघको बिद्यार्थी राजनीतिबाट मातृ पार्टीको राजनीतिमा सक्रिय हुनुन्छ ।
 २०४६ साल, २०६२÷२०६३ सालको जनआन्दोलनमा थापाको नेतृत्बदायी भूमिको थियो । २०४६ सालमा नेविसंघको सभापति रहेकै बेला आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका थापा २०५६ सालमा तरुण दलको संस्थापक अध्यक्ष बन्नु भएको थियो । पार्टीको ११ औ र १२ आंै महाधिवेशनबाट सचिब पदमा निर्वाचित थापा हाल काँग्रेस इलामका महाधिबेशन प्रतिनिधि हुनुन्छ । बिभिन्न सामाजिक क्षेत्रमा काम गर्नु भएका थापा जिल्ला अस्पताल इलामको अस्पताल विकास समितिका अध्यक्ष रहेर काम गर्नुभयो ।
उहाँको कार्यकालमा थापाले अस्पताललाई स्तरोन्नति गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । काँग्रेसको राजनीतिमा ४० बर्षको अनुभव छ । हाल उहाँ इलाम नगरमा निर्माणधीन साना सहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा रहेर काम गरिरहनु भएको छ । उहाँकै नेतृत्वमा आयोजनाको काम करिब अन्तिम चरण पुगेको छ भने बिभिन्न स्थानमा आयोजनाको सफल परिक्षण भइसकेको छ ।
 थापा सञ्चार क्षेत्रबाट पनि नजिक भएर काम गरिसक्नु भएका ब्यक्ति हुन् । उहाँ शान्ति सञ्चार सहकारी संस्थाद्धार संचालित रेडियो नेपालबाणी एफएमको सञ्चालक समितिको अध्यक्ष भएर आफनो भूमिका निभाइ सक्नु भएको छ । थापा शालिन र मिलनसार नेताको रुपमा परिचित समेत हुनुन्छ ।
यता नेपाली काँग्रसबाटै इलाम नगरको उपप्रमुख पदकी उम्मेद्धार बिष्णु दाहाल लिम्बूले आफूले उपप्रमुख जित्दै गर्दा इलाम नगरलाई समृद्ध बनाउँदै नगरको शुसासन र महिलाको हक अधिकारलाई स्थापित गर्नु आफनो पहिलो काम रहेको बताउनु भएको छ । 
इलाम नगरपालिका ७ निवासी दाहाल उमेरले बुढो भएपनि उहाँमा जोश जाँगर भने अझै मरेको छैन । महिला अधिकारकर्मीका रुपमा दाहाललाई इलामकै अग्रणि महिला अधिकारकर्मीको रुपमा चिनिनुहुन्छ । नेपाली काँग्रेसको राजनीतिमा निकै पुरानो महिला नेतृ दाहाल हाल काँग्रेसको महासमिति सदस्य हुनुन्छ । प्रखर बक्ता र निडर स्वभाव रहनु भएका दाहाल सामाजिक ब्यक्तित्वको रुपमा पनि अग्रणि हुनुन्छ । उहाँकै नेतृत्वमा जिल्लामा महिला जागरण संघ संस्था स्थापना गरीयो । 
त्यहि संस्थाको स्वामित्वमा रहने गरी दाहालकै नेतृत्वमा इलाम नगरपालिका १० गोदक स्थित राजदुवालीमा बृद्धाश्रम स्थापना गर्नुभयो । सो आश्रममा अहिले १५ जना बृद्धबृद्धा आश्रित रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment