इलामको देउमाई नगरमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय


मंगलबारे, २६ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ताधारी  गठवन्धन दलहरुका बीच  देउमाई नगरपालिकामा तालमेल गरी अगाडि बढ्ने निर्णय भएको छ । शनिबार देउमाई नगरपालिकाको मंगलबारेमा भएको नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी, जनता समाजबादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रतिनिधिहरु सहभागि बैठकले आगामी स्थानीय चुनावमा प्रतिगमनका विरुद्ध एकताबद्ध रुपमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । 
देउमाई नगरमा गठबन्धन दलले जित्ने गरी अगाडि बढ्ने निर्णय भएको नेकपा माओबादी केन्द्रका नगर अध्यष अशोक प्रधानले बताएका छन् । नेपाली काँग्रेसका महाधिवेसन प्रतिनीधि होम दुलालले चार दल बाहेक मंगोल नेशनल अर्गनाइजेसन समेत गठवन्धनमा सामेल हुने सम्भावना रहेको बताए । उनले आवश्यक्ता र औचित्यताको आधारमा सवैको प्रतिीनीधितव हुने संयुक्त प्रतिवद्धता समेत गरिएको जानकारी दिए । 
यस अघि इलामका इलाम नगरपालिका, माङ्सेवुङ गाउँपालिका , चुलाचुली गाउँपालिकामा गठवन्धन दलहरुबीच चुनावी तालमेलको सहमति भएको थियो । आगामी हप्ताभित्र पदिय बाँडफाँड गरेर चुनाव प्रचारमा होमिने दलहरुले जनाएका छन् । 
बैठकमा नेपाली काँग्रेसका नगर सभापति दिलिप कार्की, महाधिवेसन प्रतिनीधि होम दुलाल , राजेन्द्र बास्तोला, नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य राम राई, उर्मीला तामाड., नगर अध्यक्ष अशोक प्रधान, जनता समाजबादी प्रदेश सदस्य शिल्पा राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला सचिव अम्बिका योङ्हाङ नेकपा एकिकृत समाजबादीका नगर अधिइा केशर बहादुर राईको समेत सहभागिता रहेको थियो ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment