बिर्तामोडबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

 १५ बैशाख २०७९, बिहीबार


झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २६ बर्षीय प्रमोद साहलाई लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
साहको घर कोठाबाट प्रहरीले २ ग्राम ३०० मिलिग्राम लागूऔषध ब्राउनसुगर, नगद ११ हजार ५४० र मोवायल सेट ७ थान समेत बरामद गरेको छ ।
त्यस्तै बिर्तामोड नगरपालिका–४ को एक होटलबाट लागूऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१ का ३९ बर्षीय ओम चौधरी पक्राउ परेका छन् ।
लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ९ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment