रस चुसेर उड्नै लाग्दा फुलले मौरीलाई भनेछ मलाई पनि तिमीसङ्गै लैजाउन । मौरीले सन्किदै भनेछ हाम्रो काम रस चुस्ने हो फुल बोक्दै हिड्ने होइन । फेरि केही बेर पछि अर्को मौरी त्यही फुलमा रस चुस्न आयो । अघिल्लोले चुसिसकेको रस फेरि अर्कोले चुस्न थाल्यो ।
रस त के हुन्थ्यो र उहीँ चुस्ने प्रक्रिया पूरा गर्यो भनौ । थकित फुल फेरि पनि समर्पित भयो रस चुसाउन । दिनभरमा दर्जनौ मौरीले चुसिरहे फुलले चुसाइरह्यो । हरेक पटकका मौरीसङ्ग फुलले त्यही प्रस्ताव राख्ने गर्थ्यो । उनीहरुको उत्तर त्यही हुन्थ्यो जुन पहिलो मौरीले भनेको थियो । कति कति आशा पालेर फुलले सङ्गै लैजाने आग्रह गर्थ्यो । तर कसैले लान चाहादैब थियो । अन्तिमको मौरीको उत्तर त झन अनौठो थियो ।
तिमी राम्रो भएर के गर्छौ र ! सयौ भमरा र मौरीले चुसिसकेर रित्तिएकी तिमी । अब तिमीमा के नै छ र लैजाने ? यस्तो उत्तरले फुललाई भावुक र सोचमग्न बनायो । दिन ढल्यो सुर्यदेव आफ्नै गन्तव्यमा लागिसकेका थिए । वरिपरिको जङ्गलमा झ्याउकिरी सन्द्याकालिन अभिबादन लागिसकेका थिए । चकमन्न साझ मात्रै झ्याउकिरीको भावबिव्हल गुनगुनाहट । रोइरहेको फुल झन भावुक बन्यो ।
शितलता प्रदान गर्न चन्द्रदेव पृथ्वीमा आइसकेका थिए । आकाशमा चिसै तारा चम्किरहेका थिए । चन्द्रको शितलता फुलमा परिसकेको थियो । छक्क परे चन्द्रदेव पनि । हिजोको जस्तो उमङ्ग उत्साह आज त्यो फुलमा थिएन । निहुरेको मुहार मलिन थियो । पटक पटक रस चुसाइसकेको फुल रसविहिन थियो । सुन्दर भएर के गर्नु रसै नभएपछि । मौरी भमरा आआफ्नो गन्तब्यमा पुगिसकेका थिए ।
तिनीहरुलाई आज रस चुसिएका सुन्दर फुल र रससङ्ग कुनै सरोकार नै थिएन । मात्रै भोलि कुन सुन्दर फुललाई आफ्नो इच्छा अनुसार चुस्न पाइन्छ । चिन्ता त्यति थियो । यता फुल सयौ पटक चुसिएको पिडामा व्याकुल थियो । एवम रितले रात छिपिदै गयो । रात जतिजती छिपिदै जान्थ्यो उतिउती फुलेका पिडाहरु छिपिदै जान थाले । वाध्यताभित्र कुनै उपाय देख्दैन फुलले । उहीँ आफैलाई पश्चताप भुमरीमा डुवाउनु बाहेक । पश्चतापमा झन झन जल्दै गयो । तर उसलाई चुम्ने दिनभरका मौरी र भमरा सान्त्वना र आश्वासन दिन कुनै पनि आएनन । बिरसिलो रातमा फुलले आफुलाई जेनतेन रातको अन्तिम प्रहरसम्म त सम्हाल्यो । चन्द्र देव धरतीबाट जानै लाग्दै थिए ।
फुल बोटमा सहन नसकेर ओइलाइसकेको आफ्नो अस्तित्वलाई धरतीमा नै समर्पित भयो । अर्थात फुत्रुक्क भुइमा झर्यो । हिजोको यौवन उमङ्ग उत्साह संसारमा देखिएका सारा सपनाहरु धरतीमा बिलिन भए । एउटा अस्तित्व समाप्त भएकोमा आकाशबाट चन्द्रदेवले आफ्ना आसुहरु शीत बनाइ फुलकै वरिपरि खसालिदिए। झरेको थुङ्गामा पनि शितका थोपा पर्दा आफुलाई भाग्यमानी नै ठान्यो शायद ।
त्यति टाढाको चन्द्रदेवले माया गरेर आँसु खसाए तर दिनभरी चुम्नेहरुका लागि कुनै असर गरेन । सुर्यदेवका पहिलो किरणले रङ्गविहिन फुलको बोट र झरेको थुङ्गालाई एकै पटक देखे ।माया का तापले आँसु पुछिदिए । फुलले केही राहत महसुस गर्यो सायद । दिन हुर्किदै गयो ।
हिजोका मौरी भमरा गुनगुनाउदै त्यही पुगे जहाँ हिजो उनिहरुले चुमेर गएका फुलहरु थिए । हिजो बाल्यकालबाट यौवनमा प्रवेश गर्नलागेका फुलहरु यौवनले उनमत्त थिए । मौरी भमरालाई किन कमि हुन्थ्यो र रस चुस्नलाई । यौवनले फक्रेका फुलहरु फुलिरहेका थिए ।
हिजो रस चुसाएका फुलले निक्कै प्रतीक्षा गरे भमरा र मौरीको तर कुनै समीप परेनन । उनिहरु त हिजोका भन्दा अझै बयस्क र यौवनले उन्मत्त भएका फुलको रस चुसिरहेका थिए । हिजो चुसिएकाहर मनमनै भन्दै फेरि आज एउटा यौवनको दुखदायी अन्त्य भयो । अस्तु
x
0 comments:
Post a Comment