गान्तोक, २९ चैत्र— सिक्किमका भाषाः समस्या र सम्भावना विषयमाथि बुधवारदेखि गान्तोकमा दुईदिने संगोष्ठीमा आरम्भ भएको छ।
नेपाली साहित्य परिषद् सिक्किमको तत्त्वावधानमा आयोजन गरिएको यस संगोष्ठीमा राज्य स्तरमा सरकारी मान्यताप्राप्त विभिन्न जातगोष्ठीका भाषाहरूमाथि भाषावीद्हरूले कार्यपत्र प्रस्तुत गरिरहेका छन्।
डेभलपमेन्ट एरियाको जीवन थिङ मार्गमा अवस्थित नेपाली साहित्य परिषद् भवनमा आयोजन भइरहेको यस संगोष्ठीको पहिलो दिन आज आठवटा भाषाका कार्यपत्रहरू प्रस्तुत गरिए।
नेपाली साहित्य परिषद्का अध्यक्ष रुद्र पौड्यालले संगोष्ठीको उद्घाटनको घोषणा गर्दै साहित्य परिषद्द्धारा यसरी जातगोष्ठीका भाषाहरूमाथि संगोष्ठी राख्नको उद्देश्यबारे प्रकाश पारे। सिक्किमका एघाह्रवटा भाषाहरूको विकासको मार्ग प्रसस्त गर्न संगोष्ठी आयोजन गरिएको उल्लेख गर्दै परिषद्ले यी भाषाहरूमाथि एउटा पुस्तक पनि प्रकाशमा ल्याएको मन्तव्य गरे।
यस संगोष्ठीमा सबै भाषाका विद्वानहरूले प्रस्तुत गरेका कार्यपत्रहरू एक(अर्काले सुनेर ती सबैको प्रगति गर्न सहकार्य गरौँ भने।
साहित्यकार डा. गोकुल सिन्हाले संगोष्ठीमा बीज भाषण प्रस्तुत गर्दै सिक्किमले गैर(सरकारी संस्थाहरूको सहयोगमा यहाँका मान्यताप्राप्त सरकारी भाषाहरूलाई सर्व भारतीय स्तरसम्म पुऱ्याउन प्रचार(प्रसारमा ल्याउनुपर्ने सुझाउ राखे।
नेपाली भाषाले मान्यता पाउनु सिक्किमको देन हो भन्दै उनले नेपाली भाषाको मान्यतापछि राज्य स्तरमा अन्य भाषाहरूले पनि राज्य स्तरमा मान्यता हासिल गरेको बताए। नेपाली भाषालाई अझ समृद्ध बनाउन यी राज्य भाषाहरूले भूमिका निर्वाह गर्नुपर्ने उनको कथन थियो।
नेपाली साहित्य परिषद्का उपाध्यक्ष हरि ढुङ्गेलले आफ्नो स्वागत सम्बोधनसँगै परिषद्द्वारा भाषाको विकासमा गर्दै आएका पहलहरूबारे जानकारी गराए।
बुधबार तामाङ, तिब्बती, नेवार, शेर्पा, राई, मगर, भूजेल र याखा देवान भाषामाथि क्रमैले निमा तामाङ, खेम्पो छेवाङ, डा. सुशेन प्रधान, लाक्पा डोमा शेर्पा, प्रभात सिवाहाङ राई, विष्णु राणा मगर, विष्णु भूजेल र प्रणय देवानले कार्यपत्र प्रस्तुत गरे।
दुईवटा चरणमा आयोजित प्राविधिक सत्रमा साहित्यकार एवम् अनुवादक केएन शर्मा र सिक्किम विश्वविद्यालयको नेपाली विभागकी प्राध्यापक प्रोफेसर पुष्प शर्मा सभाध्यक्ष रहेकी थिइन्। आज नेपालीसँगै ९ वटा भाषाका कार्यपत्र प्रस्तुत हुनेछन्।

0 comments:
Post a Comment