इलाममा जनताको घरघरमा राजनैतिक दल तथा उम्मेद्वार

बैशाख १७ शनिबार


 
इलाम १७ बैशाखः सरकारले आगामी बैशाख ३० गतेका लागि स्थानिय तहको निर्वाचन घोषणा गरेको छ । उम्द्धारहरुले आफ्नो मनोनयन समेत दर्ता गराइसकेका छन् । निर्वाचन कार्यालयले उम्मेद्धारहरुको अन्तिम नामावली समेत प्रकाशित गरिसकेको छ । केही ठाउँमा दुई वा दुइभन्दा वढि उम्मेद्धारको मनोनयन पत्र दर्ता नभएपछि केही उम्मेद्धार निर्वाचित समेत बनी सक्नु भएको छ । 
पछिल्लो समय मतदाताहरु जनताको घरघरमा मत माग्न ब्यस्त छन् । जिल्लामा १७ वटा राजनैतिक दलहरुले निर्वाचन कार्यालयमा दर्ता गराएर चुनाव लड्न पाउँछनेछन् । 


वडा र पालिकामा जनप्रतिनिधि चुन्नका लागि यहाँका मतदाताहरु समेत लालायित भएका छन् । यस अघिका निर्वाचनमा भन्दा मतदाताहरु समेत यस पटकको चुनावमा आफुलाई नयाँ के हुन्छ भनेर सोध्न समेत थालेका छन् । विकास निर्माणका कामहरु निकै कम भएको यस अघि पनि यस्तै हुन्छ कि नयाँ केही गरेर देखाउने सम्मका प्रश्न उम्मेद्धार माथी तेर्सियाउन थालेका छन् । पार्टी प्रति आस्था राख्ने एकथरी युवा तथा मतदाताहरु आफुले समर्थन गरेको दललाई नै अघि सारेर हिडे पनि धेरै मतदाताहरु राम्रा उम्मेद्धार छान्न लाग्ने बताउँदै आउनु भएको छ । इलाम नगरपालिका २ सुम्बेकका किशोर खतिवडा यस पटक पहिलो चोटी मतदान गर्दै हुनुहुन्छ । उहाँले हाम्रालाई भन्दा पनि राम्रा उम्मेद्धारलाई जिताउने अठोट लिनु भएको छ । 
जितेर गाउँघर नपुगेका जनप्रतिनिधि देखी नयाँ अनुहार सहित जनताको घर आगनमा बिभिन्न आश्वासन सहित पुग्न थालेको मतदाताहरुको भनाई छ । 
यस अघिका चुनावमा नेताले धेरै आश्वासन देखाए पनि दिएका धेरै आश्वासन पुरा हुन सकेनन् । घुन त राजनिति दलले निर्माण गरेका घोषणा पत्र अनुसार काम हुन सकेका पनि छैनन् । जनताले पनि अब भने पुरा गर्न सक्ने खालका घोषणा पत्र मात्र निर्माण गर्न राजनैतिक दल तथा उम्मेद्धारहरुलाई आग्रह गर्दै आएका छन् । जिल्लामा पालिका स्तरका घोषणा पत्र सार्वजनिक हुन थालिसकेका छन् । 
सुरक्षाका दृष्टिले इलाम जिल्ला शान्ति पूर्ण नै रहेको छ । दल तथा प्रशासनले समेत जनतालाई ढुक्क भएर मतदानको ब्यवस्था मिलाउन लागि परेका छन् । 
दुई लाख २४ हजार सात सय ४८ मतदाता रहेका छन् । जसमा एक लाख १५ हजार साँच सय ५४ पुरुष र एक लाख नौ हजार एक सय ९२ जना महिला मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालले जानकारी दिएको छ । 
जिल्लामा एक सय ५१ मतदान स्थल र दुई सय ८५ मतदान केन्द्र रहेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment