केशव स्थापितलाई कारवाही गर्न ४५ संघसंस्थाहरुको माग (बिज्ञप्तिसहित)

१७ बैशाख २०७९, शनिबार


काठमाडौं । नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरका मेयरको उम्मेदवार केशव स्थापितलाई कारवाही गर्न ४५ संघसंस्थाहरुले माग राखेका छन् ।

ती संघसंस्थाहरुले एक शनिबार एक विज्ञप्ति जारी गर्दै महिलाहरुलाई अपमान र अमानवीय व्यवहार गरेकाले कारवाही हुनुपर्ने माग राखेका हुन् ।

‘सार्वजनिक कार्यक्रममा कार्यक्रमहरुमा महिलालाई होच्याउने र चरित्र हत्या गर्नेजस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक महिला मानव अधिकार रक्षकहरुको राष्ष्ट्रिय संजाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ‚’ बिज्ञप्तिमा भनिएको छ ।

काठमाडौंका पूर्व मेयरसमेत रहेका स्थापितमाथि विगतदेखि नै महिला हिंसाको आरोप लाग्दै आएको छ । उनले केही दिनअघि मात्रै सार्वजनिक कार्यक्रममा महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरे आरोप लगाइएको छ ।

उक्त कार्यक्रममा उनलाई ‘मी टू’ आरोपसँग जोडेर प्रश्न गरेपछि गरिएपछि स्थापित यवतीमाथि जंगिएका थिए । उनले उक्त कार्यक्रममा युवतीमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै ती संघसंस्थाहरुले कारवाहीको माग गरेका हुन् ।

त्यस्तै ती संस्थाहरुले स्थापितको उम्मेदवारी रद्द गर्नसमेत जोडदार माग गरेका छन् ।

बिज्ञप्ति



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment