बस दुर्घटना हुँदा ४ को मृत्यु

११ जेष्ठ २०७९, बुधबार


दैलेख । दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस आठबीस नगरपालिका –३ अन्तर्गत सिस्नेमा बुधबार साँझ दुर्घटनामा परेको हो ।

बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको दैलेख प्रहरी कार्यालयले जनाएको छ भने दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको अनुमान गरिउको छ । तर, थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment