७ जेष्ठ २०७९, शनिबार
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ६ हजार ६६६ मतान्तरले पछि पारेकी छन् ।
हालसम्म ८० हजार १० मत गणना गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३१ हजार ६७६ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले २५ हजार १० मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३४ हजार ८६ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १९ हजार ४९५ मत प्राप्त गरेकी छन् ।
कांग्रेसका अधिकारी राप्रपाकी गुरुङ भन्दा १४ हजार ५९१ मतले अगाडि रहेका छन् । हालसम्म भरतपुर महानगरको वडा नम्बर १ देखि १६ सम्मको मत गणना भइसकेको छ, भने पछिल्लो समय वडा नम्बर १७ र १८ को मत गणना भइरहेको छ ।

0 comments:
Post a Comment