इन्जिनियरले नै गायब पारे बसपार्क निर्माण स्थलबाटै लाखौँको छड

२४ बैशाख २०७९, शनिबार


सप्तरी । राजविराज बसपार्क निर्माणका लागि राखिएको ७ लाख मूल्य बराबरको डण्डी (छड) निर्माण स्थलबाटै रातारात गायब भएको छ ।
सघन शहरी विकास तथा भवन निर्माण आयोजना प्रमुख सचिन्द्र कुमार देवका अनुसार राज्यको नया वा पुरानो संरचनाको कुनै पनि सम्पति लिलाम बिक्री प्रकृयाबाट आएको रकम राज्यको करको रुपमा सरकारको खातामा दाखिला गर्नुपर्ने कानूनी प्रावधान छ । राजविराज बसपपार्कको हकमा त्यो लागू भएन । बसपार्कको सम्पति कर्मचारीबाट नै ब्रहमलुट गरी लगेको छ ।
बसपार्क निर्माणको क्रममा त्यस ठाउँमा रहेको पुरानो गोलघर संरचना भत्काउदा त्यसबाट निस्केका करिव ७ लाख बराबर का ६ बण्डल डण्डी स्टोर किपरको मिलोमतोमा इन्जिनियरले लगेको कार्यालय श्रोतले जनाएको छ ।
गत चैत्र २० गते तिर आयन कन्ट्रक्सनका स्टोर प्रमुख मोहम्द अब्बास र बसपार्क साइटका इन्चार्ज रहेका सघन शहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर मदन रायको मिलोमतोमा सो सामग्री बेपत्ता पारिएको हो ।
स्रोतका अनुसार दुई महिना यता बजारमा छडको मूल्य आकासिएको र त्यही बीचमा वसपार्कमा राखिएको सरकारी संचरना भत्काउदा निस्केको लाखौको डण्डी सर्लाहीस्थित आफ्नो घर बनाउने प्रयोजनको लागि रातारात कन्सट्रक्सनकै गाडी प्रयोग गरी सर्लाही लगिएको खुल्न आएको छ ।
यसबारे आयोजना प्रमुख सचिन्द्र कुमार देवसँग जानकारी लिँदा आफू चैत्र १९ देखि विभागको १५ दिने तालिमको लागि विदामा काठमाण्डौ थिए । ‘यसबारे जानकारी थिएन यद्यपि साइट भिजिटले डण्डी गायव भएको मकहाँ जानकारी आएकोले यसबारे बुझ्दैछु,’ आयोजना प्रमूख देवले थपे ।
साइट अनुगमनको जिम्मेवार निकाय समेत रहेका राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भू प्रसाद यादवलाई यसवारे सबै जानकारी रहेको र उनकै सल्लाहमा सरकारी आयोजनाको सम्पति इन्जिनियर रायले निजी प्रयोजनको लागि वसपार्कको डण्डी सजिलै सर्लाही सम्म लाने आँट गरेको शहरी डिभिजनकै एक सबइन्जिनियरले बताए ।
एकातिर पटकपटक गरी चार पल्ट शिलान्यास भएको राजविराज बसपार्क निर्माणको कार्य विगत पाँच वर्षदेखि हुँदै आएको छ भने अर्कोतिर वसपार्क निर्माण स्थलमा राखिएको निर्माण सामग्री स्टोर किपर र इन्जिनजियरदेखि मेयरसम्मको सेटिङ्गमा निजी काममा प्रयोग हुदै गएकोले वसपार्क निर्माणमा झन चुनौती थपिदै गएको स्थानीय प्रशुराम यादवले बताए ।
एकातिर पाँच वर्ष अघि ठेक्का खोलिएका वसपर्कको २०७४ पुष १६ गते भ्याटबाहेकको रकम १६ करोड ३८ लाख ९३ हजार पाँच सय १९ रुपैयामा काठमाण्डौको सिनर्जी बिल्डिंग प्रालिलाई ठेक्का दिईयो । साल २०७७ पुस १८ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का कम्पनी सहरी विकास मन्त्रालय बीच सम्झौता भएको थियो । भ्याट सहित झण्डै १८ करोडमा ठेक्का पाएका उक्त कम्पनीले समयमा काम त के सक्नु शहरकै गौरव बोकेको यति ठूलो योजनाको साइटमा एउटा नागरिक वडापत्र समेत राखिएको छैन । बरु आयन निर्माण सेवा लगायत अन्य दुई कम्पनीलाई ठेक्का हस्तान्तरण गरेर वसपार्कको काम लथालिङ्ग अवस्थामा ल्याइदिएको छ ।
अर्कोतिर निर्माण कार्यको लागि राखेका करोडौँ मूल्य बराबरका सामग्रीहरु बाट निर्माण सामग्रीहरुको लापत्ता गरिने काम भइराखेको छ कर्मचारीहरु कै मिलोमतोमा काम गर्ने तथा इन्जिनियरहरुकै मिलोमतोमा निर्माण सामग्रीहरुको रातारात सेटिङ्गमा विक्री गर्ने कामहरु भइराखेको त्यहाँका प्रत्यक्षदर्शी नागरिकहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment