इलामको रोङमा गठबन्धनको दोहोरो चेपुवामा नेकपा एमाले

  • गोबिन्द पौडेल 


रोङ, २४ बैशाखः गत स्थानीय निर्वाचनमा प्यानल नै जितेर वचस्व बनाएको नेकपा एमाले गठबन्धनको दोहोरो चेपुवामा परेको छ । इलामको रोङ गाउपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा   सत्तारुढ नेपाली काग्रेस नेकपा समाजबादी र नेकपा माओबादीको गठबन्धन रहेर वडाहरुमा मित्रगत प्रतिस्पर्धा गर्ने सहमती भएपनि बिगतमा वडाध्यक्ष सहित प्यानले जितेको वडा नं ५ मा भने नेपाल कमनिस्ट पाटी समाजबादी र नेकपा माओबादी केन्द्रले गठबन्धन गरेपछि वडामा समेत एमालेलाइ बिरासत जोगाउन मुस्किल देखिएको हो । 

रोङ गाउपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काग्रेस, नेकपा माओबादी र नेकपा समाजबादीका साझा उमेवद्धार नेपाली काग्रेका मनिकुमार स्याङ्बो सुवास र कल्पना भण्डारीा उमेवद्धार रहेका छन् भने नेकपा एमालेका मेहरमान तामाङ्ग र बिस्नुमाया भूजेल क्रमस अध्यक्ष र उपाध्यक्षमा उमेवद्धार बनेका छन्  यस अघिको चुनावमा नेपाली काग्रेसका समसेर राइले ३ हजार ९ सय १४ मत पाउदा नेकपा एमालेका बृहस्पती खतिवडाले३ हजार ६ सय ७२ मत पाएका थिए भने उपाध्क्षमा  नेपाली काग्रेका चन्द्रकला राइले ४ हजार १ सय १३ मत पाएर बिजयी बन्दा नेकपा एमालेका बिस्नु माया भूजेलले ३ हजार ६ सय ६७ मत पाएका थिए । तर अहिले तत्कालिन नेकपा एमाले फुटेर अर्को पाटी बनेको र गत स्थानिय चुवानका उमेवद्धार बृहस्पती खतिवडा नेकपा एमालेमा नरहेको कारण एमालेलाइ गाउपालिकाको अध्यक्ष र उपाध्यक्ष पद फुत्काउन कठिन देखिएको हो ।

यसैगरी  इलामको रोङ गाउपालिकाको निक्कै चर्चामा रहेको वडा नं ५ मा राजनतिक दलहरुले बिरासत तोड्न र वर्चस्व कायम गर्नको लागि समेत दौडधुपमा लाग्दा अन्य वडाहरुमा जस्तै  यहाको माहोल निक्कै तातेको हो । गत स्थानीय  निर्वाचनमा नेकपा एमालेका युवराज खाप्तुवा राइले ६ सय पैतिस मत पाएर बिजयी बन्दा नेपाली काग्रेसका सोमदत्त सोङमेनले ५ सय १२ मत पाएका थिए । 

माओबादीका धन बहादुर नेमाङ्गले २ सय सत्र मत पाएका थिए । अहिले थप नेकपा एमाले फुटेर नेकपा समाजबादी र नेकपा माआेवादीले वडामा  गठबन्धन गरि वडाध्यक्षमा समाजबादीका प्रताप राइ र अन्य दुइ सदस्य मा उमेवद्धारी दिएको छ भने नेकपा माऔबादीलाइ दुइ सदस्य दिएर गठबन्धन गरकेो छ । यसैगरि नेकपा एमालेबाट वडाध्क्ष युवराज खाप्तुवा राइको सिङ्गो प्यानल र नेपाली काग्रेसबाट दल बशादुर पूलामी वडाध्यक्ष रहेको प्यानलै चुनावी मैदानमा उत्रिएको छ । नेकपा एमाले फुटेर बनेको समाजबादी बनेको र गत स्थानिय चुवनावमा गाउपालिकाका अध्यक्ष पदका उमेवद्धार बृहस्पती खतिवडाको वडा समेत भएको र  त्यसमा पनि माओवादीसगको गठबन्धनले नेकपा एमालेलाइ पुर्याएको क्षतिको फाइदा नेपाली काग्रेसले लिन सक्ने साम्भावना देखिएको छ ।

२ हजार ३ सय ९९ मतदाता रहेको रोङ ५मा तीनवटा मतदान केन्द्र रहेकोमा उमा महेश्वर माबि  मतदान केन्द्रमा १ हजार ५३, वडा कायएलयको केन्द्रमा ७ सय २४ , नारायण आबिको मतदान केन्द्रमा ६ सय २२ मतदाता ्र रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment