नवराज शंकर प्रतिष्ठानका लागि १ लाख ५० हजार बढी सहयोग

 


इलाम : नवराज शंकर प्रतिष्ठानलाई प्रथम वार्षिक कार्यक्रमको अवसर पारेर विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । उनको वार्षिकीको अवसर पारेर गरिएको औपचारिक कार्यक्रममा प्रतिष्ठानको काम पनि सुरु भएको हो । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड–१९ का कारण २०७८ जेष्ठ २ गतेका दिन उनको निधन भएकाे थियाे ।
शकर विभिन्न क्षेत्रमा क्रियाशील भएर काम गर्दै अघि बढ्दै थिए भने दलित अधिकारको क्षेत्रमा एउटा उदाउँदो तारा थिए । दलित अधिकार र आन्दोलनको क्षेत्रमा सक्रिय रहेका थिए । जातीय विभेद, दलित अधिकार, महिला अधिकार, युवाको क्षेत्रमा परिवर्तन गर्ने, समाजलाई देशलाई योगदान दिन सक्छु भनेर परिकल्पना गरेका थिए तर देखेका सपना पुरा गर्न नपाउदै शंकरले अल्पायुमै ज्यान गुमाए ।
उनले देखेको अधुरा सपना पुरा गर्न,उनको कामलाई जीवित राख्न , अहिले भई रहेको विभेद असमानतालाई अन्त्य गर्नका लागि, दलित आन्दोलनमा लाग्ने युवाको निरन्तरताका लागि थप उर्जा मिलोस् भन्ने उद्धेश्यका साथ प्रतिष्ठानको स्थापना गरिएको हो ।
प्रतिष्ठानको अध्यक्षमा उनकी श्रीमती बिजु लकान्द्री, उपाध्यक्ष देवेन्द्र शंकर, कोषाध्यक्ष सुरेश पोर्तेल, सचिव ईश्वरी तामाङ्ग सहित ९ सदस्यीय समिति रहेका छ । प्रतिष्ठानका लागि शाशंकर बन्धु स्मृति प्रतिष्ठानका अध्यक्ष भीम विश्वकर्मा शंकरले २० हजार, प्रतिष्ठानका संस्थापक सदस्य देवेन्द्र विश्वकर्माले २० हजार, प्रतिष्ठानकै कार्यसमिति सदस्य मन कुमार बराईलीले २० हजार, याम रसाइलीले २० हजार रकम सहयोग गरेका छन् ।
यस्तै अन्य सहयोगीहरु आएको रकम सहित १ लाख ५६ हजार, ८६० रुपैया जम्मा भएको हो । उक्त कार्यक्रममा दलित मुक्ति आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै माङसेबुङ्गका खडग बहादुर विश्वकर्मालाई प्रतिष्ठानको तर्फबाट सम्मान समेत गरिएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment