नयाँबजारमा चुनावीसभाः सुवास नेम्बाङ र गोकुल बाँस्कोटाले सम्बोधन गर्ने

  • रोशन काफ्ले 

नयाँबजार, २३ बैशाखः  बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी बैशाख २५ गते आइतबार बृहत् जनसभा गर्ने जनाएको छ ।
स्थानिय चुनावलाई मध्यनजर गरेर इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा पुर्व सभामुख सुवासचन्द्र नेम्बाङ, केन्द्रिय सदस्य गोकुल बाँस्कोटा, महेश बस्नेत लगायत राष्ट्रिय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले माईजोगमाई गाउकमिटी उप सचिव धन बहादुर सुवेदीले बताए ।
त्यस्तै कार्यक्रममा जिल्लाका नेताहरु समेतले संवोधन गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको आयोजना नेपाल कम्युनिष्ट पार्टी एमाले माईजोगमाई गाउँकमिटी तथा चुनाव प्रचार प्रसार समितिले गर्ने जनाइएको छ ।
जनसभामा करिब पाँच हजार बडी कार्यकर्ताले उपस्थिति जनाउने समेत आयोजकले बताएको छ ।
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment