इलाम, १० जेष्ठः इलाम नगरपालिकाका नगर प्रमुख केदार थपाले पदभार गर्दै सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो पहिलो कार्यसूची बारे जनकारी गराएका छन् । कार्यसूचीमा कडारोग लागेका विरामी तथा दिर्घ रागी र असहाय विपन्न परिवारका विरामीको लागि ‘स्वास्थ्य उपचार कोष’ निर्माण गरि नगरको प्रशाासकिय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट खाता सञ्चालन गर्ने कोसमा नगर प्रमुखको तलव भत्ताबाट मासिक ३ हजार, उपप्रमुखबाट मासिक २ हजार र कार्यपालिका सदस्यहरुबाट मासिकक १ हजार रकम कट्टा गरी जम्मा गरिने समेत जनाइएको छ ।
त्यस्तै यसअघि लागाउँदै आएको कर जनताको गुनासो आए पछि कटौती गरिएको छ । सम्पती करमा १० प्रतिसत घटाइएको छ भने होटल व्यावसायकरमा १० प्रतिसत, अन्य व्यवसायमा ५ प्रतिसत, फोहोर तथा सरसफाईकरमा गाडिको रुट भन्दा ५० मिटर भित्रमात्र उठाउँने निर्णय गरेको छ । शिक्षण संस्था, सहकारी संस्था तथा उद्योगहरुको नाममा रहेको नक्सा पासमा २५ प्रतिशत छुट दिने निर्णय पनि गरेको छ ।
इलाम नगरपालिकाको फजुलखर्च कटौती गर्न र आम्दानी वढाउनको लागि तथा करको दर घटाउन र करको दायर वढाउन आवश्यक प्रतिवेदन तयार गरी नगर राजश्व परार्मस समितिलाई १५ दिन भित्र पेश गर्न निर्देशन दिएको छ ।
नगरको वडा सिलिङ्ग बजेट पनि ७५ लाखबाट वढाएर १ कारोड बाउने पनि निर्णय गरेको छ ।
त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि सामाजिक विकास महासाखाका प्रमुख प्रेम गौतमको नेतृत्वमा वातावरण शुचक फारम भरी १ महिना भित्रमा पेश गर्न समेत निर्देशन दिएको छ ।
इलाम अस्पतालको सेवा स्तर वृद्धि गर्नको लागी वडा अध्यक्ष नरेश श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । अस्पतालमा नगरपालिकाको अधिकृत स्तरको स्वास्थ्यकर्मीको नेतृत्वमा सुविधा सम्पन्न २४ घण्टे हेल्प डेक्स समेत सञ्चालन गर्ने छ । इलाम नगरपालिकाको एक वडा एक उत्पादनको लागि वडा अध्यक्ष काजिवहादुर श्रेष्ठको नेतृत्वमा समिति वनाई १५ दिन भित्र योजना तयार पारेर पेश गर्न समेत निर्देशन दिएको छ । यसरी बनाएको सवै समितिमा विषय विज्ञ अनिर्वाय राखेर काम गर्न समेत निर्देशन दिएको छ ।
नगरको सुचना प्रवाहाको लागि नगर कार्यपालिकाको प्रवक्ताको रुपमा वडा अध्यक्ष नुतनदेव दुलाललाई तोकेको छ ।
0 comments:
Post a Comment