इलामको गोलाखर्कमा मोटरसाईकललाई ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु


इलाम, २८ बैशाखः इलामको गोलार्खक भञ्ज्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माइखोलाबाट इलाम आउँदै गरेको मे ४ प ६५४४ नम्बरको मोटरसाईकलले झापाबाट पाँचथर जाँदैगरेको ना ४ ख ५६६९ नंबरको ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईलाई ट्रकको पछाडीको टायरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक पाँचथर  घर भई इलाम नगरपालिका ९ सेरामा डेरा गरि वस्ने ३५ वर्षिय धनबहादुर राईको मृत्यु भएको हो । अहिले ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान भईरहेको जिल्ला ट्राफिक कार्यालय इलामले जानकारी गराएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment