साहारा नेपालद्वारा देउमाईमा एक दिने प्रयोगात्मक बाख्रा पालन तालिम


इलाम, १२ जेष्ठः सहारा नेपाल  बचत तथा ऋण सहकारी संस्था  लिमिटेड मङ्लबारे को आयोजनामा एक दिने प्रयोगात्माक बाखा पालन तालिम सम्पन्न भएको छ । यस कार्यक्रमको सहजकर्ता सहारा नेपाल साकोस केन्द्रिय कार्यालयका डा कमलेश्वर भाटले गर्नु भएको  थियो । कार्यक्रम सस्थाको कार्यक्षेत्र देउमाई नगरपालीका (५ सिङ्गलपामा  ५७ जना सहभागिता रहेको थियो । 

कार्यक्रममा पशुपालन गर्दै उध्यमी बन्नजोड दिदै खोर ब्यवस्थापन ,आन्तरीक र बाह्य परजीविको बारेमा साथै बाख्राको छनोट र पोषण युक्त दाना बनाउन सिकाईएको थियो ।  यस्तै बाख्रामा परजीवीको समस्या कसरी पत्ता लगाउने भनि  प्रयोगात्मक तरिकाले सिकाईएको थियो । हाल नेपालमा पशुजन्य उत्पादनमा ३५ देखी४० प्रतिशत उत्पादनमा ह्राष आउनुको कारण आन्तरीक  परजीवी रहेको  बताउदै डा कमलेश्वर भाटले भनु भयो “पाठापाठि जन्मेको १४ दिनमा  औषधि अनिबार्य खुवाउनु पर्छ र फेरि एक महिना १४ दिनमा फेरी  दोराउने र बिभिन्न उमेर समुहका बाख्राहरुमा ३ महिनामा  परजिवि बिरुद्ध औषधि खुवाउन जानकारी गराउनु भयो ।

यसै गरि संस्थाले पशुपालक किसानको घर तथा फर्ममै तालिमको आयोजना गर्दैसदस्यहरु लाई पशुपालन ब्यवस्थापन र आहारा ब्यवस्थापनको बारेमा प्रयोगात्मक तारिकाले सिकाउदै आगामी दिनहरुमा  पशुपालन ब्यवसाय बाट पलायन  हुनुको साटो अझब्यवसतित तरिकाले ब्यवसाय गर्दै उध्यमि  बनाउने योजना सहित  कार्यक्रमको आयोजन गरीएको र आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमहरु इलाम अनुगमन कार्यालय अन्तर्गतका सम्भव भएसम्म सबै सेवाकेन्द्रहरुमा संचालन गर्ने इलाम अनुगमन अधिकृत तोयानाथ आचार्यल बताउनुहुन्छ । इलाम अनुगमन कार्यालय मातहतमा सञ्चालित यस सेवा केन्द्र मंगलबारेमा रहेका धेरैभन्दा धेरै यस्ता पशुपालक सदस्यज्यूहरु लाई यो तथा यस्ता प्रकृतिका तालिमहरु आगामि दिनमा समेत आयोजना गरिने र सदस्यको उन्नतिमा लागिपर्ने कार्यलय प्रमुख बिकाश गिरिले जानकारि दिनुभयो । 

यसै गरि कार्यक्रममा किउमेट  कम्पनिका डा गौरव राज अर्यालले परजिबिको बारेमा जानकारी गराउदै कम्पनीको तर्फबाट बिभिन्न किसिमको करिब रु पचास हजार बराबरको औषधि बितरण  गर्नुभएको थियो ।

ईलाम मनिटरिङका प्रबिधिक निरोज लुईटेलले पशु क्षेत्रमा  संस्थाले गर्दैआएका कामको बारेमा जानकारी गराउदै पशु बिमा बारे जानकारी दिएका थिए । उपस्तीत सदस्यहरुलाई सुडान घासको बिउ पनी बितरण गरिएको थियो । कार्यक्रमा किउमेट  कम्पनिका हरी प्रसाद गौतम ,शुशिल भट्टराई ,खग्रेन्द्ध  रीजाल साथै  सहारा नेपालबाट मुक्ती  चौधरी ,भारत सिङ राजवसी  साथै निजी पाराभेटको पनि उपस्थिती रहेको साहारा नेपाल सकोस सेवा केन्द्र इलामका प्रमुख के.पी. लुइटेलले जानकारी गराए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment