झापामा दाइजोस्वरुप मोटरसाइकल नदिए बेहुली नलाने अडान लिएपछि बेहुला पक्राउ

२३ बैशाख २०७९, शुक्रबार

झापा । झापामा दाइजो स्वरुप मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने युवक पक्राउ परेका छन् । छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलाहाबिरुद्ध नै उजुरी गर्नु परेको हो ।
पक्राउ पर्ने दुलाहा झापा गाउँपालिका टाघनडुब्बाका डेबिड गनगाई रहेको झापा प्रहरीले जनाएको छ ।
जिल्लाको मेचीनगर नगरापालिका – १७ ज्यामिरगढीमाबाट दुलही लाने क्रममा गनगाईले मोटरसाइकाल दाइजो मागेका थिए । जबकी दुलहीको परिवारले विवाहका क्रममा गनगाईलाई ४ लाख बराबरको सामग्री दिएका थिए ।
दुलहीका परिवारका अनुसार गनगाई छोरी माग्न आउदा दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका पारिएको थियो । त्यसपछि केटा पक्ष पनि मन्जुर भएको तर शुक्रबार बेहुली लानेक्रममा मोटरसाइकलविन नहुन जिद्धि गरेपछि दुलही पक्षले प्रहरीलाई खबर गरेका थिए ।
दुलही चौधरी समुदायकी हुन् । दुलाही पक्षले विवाहमा दुलाहलाई दाइजोवापत टीभी, फ्रिज र सोफासेट गरि करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिएको जनाइएको छ । तरपनि दुलाह अन्तमा नमानेको बताइएको छ ।
विदेशमा रहँदा समाजिक संजालमार्फत चिनजान भएपछि गनगाई र चौधरी युवतीको प्रेम बसेको थियो । त्यसपछि उनीहरु विवाहसम्मको अवस्थामा पुगेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment