इलामको करफोकमा निर्माणाधिन भवनबाट लडेर एक जनाको मृत्यु

 


इलाम, २३ बैशाखः इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधिन भवनबाट लडेर एक जनाको मृत्यु भएको छ ।

विद्यालयको चार तले निर्माणाधिन भवनको माथि टिन (ट्रस) लगाउने क्रममा भुईमा झरेर घाईते भएका वारा जितपुर नगरपालिका–५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा वुधवारे स्थित सिटि हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment