एन्फा केन्द्रीय सदस्यमा इलामका निरोज खड्गीको उम्मेदवारी दर्ता


इलाम, ११ जेष्ठः  इलामका निरोज खड्गीले अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
आगामी चार वर्षकोलागी असार ६ मा हुने एन्फाको निर्वाचनका लागि पंकजबिक्रम नेम्बाङ समुहबाट  खड्गीले केन्द्रिय सदस्य पदको लागि उम्मेद्वारी दिएका हुन ।
जिल्ला फुटबल संघ इलामको तर्फबाट खड्गीले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छ्न । खड्गी अहिले पनि  एन्फाका केन्द्रिय सदस्य रहेका छन् । 
वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले अध्यक्ष पदमा शुक्रबार नै उम्मेदवारी गर्दा गराइसके पनि उनको प्यानलका अन्यले आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment