नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा इलाममा दिपप्रज्वलन


इलाम, १२ जेष्ठः नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा इलाममा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन इलाम शाखाको आयोजनामा भएको कार्यक्रममा प्रदेशसभा संसद धिरेन्द्र शर्मा रमणको उपस्थितिमा भएको कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, नेपाली कांग्रेस इलामका सभापति डम्बर बहादुर खड्का, इलाम नगरपाकिलाका प्रवक्ता नुतनदेव दुलालाले प्रेसले खेल्ने भूमिका र प्रेस स्वतन्त्रताका विषयमा आफ्ना भनई राख्दै शुभकामना व्याक्त गरेका थिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लप भट्टराई, प्रेस चौतारीका अध्यक्ष भिम चापागाईँ, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङमी लगायतको उपस्थिति रहेको थियो । पत्रकार महासंघ प्रदेश नम्बर १ का पूर्व उपाध्यक्ष तथा प्रेस युनियन इलामका संस्थापक सचिव सोम सुसेलीले कार्यक्रमा उपस्थित सवैलाई आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment